बगनासकालीका किसानले गरे राहतको महशुस

रामचन्द्र रायमाझी
पाल्पा, मंसिर ३/ मुलुकमा नयाँ संरचना कार्यान्वय भएसँगै सिंहदरबारको अधिकार गाउँ–गाउँमा भनिएपनि अधिकांश स्थानीय तहहरुमा अझै जनताले सामान्य अधिकारको पनि अनुभूत गर्न पाएका छैनन् । स्थानीय सरकार आएको लामो समय बितिसक्दा समेत जनताहरुले सामान्य राहत र अधिकारको प्रत्याभूति गर्न नसकिरहेको अवस्थामा जिल्लाको एक गाउँपालिकाले भने कृषकहरुलाई सामान्य राहतको महशुस दिलाएको छ ।

जिल्लामै कृषिको रुपमा अब्बल ठहरिएको बगनासकाली गाउँपालिकाले पीडित किसानहरुको उद्यानका लागि केही राहतको महशुस दिलाएको हो । धान, गहुँ र मकै खेती गर्दै आएका बगानसकाली गाउँपालिका ७ दैलातु·का किसानहरु धान उत्पादनमा समस्या देखिएपछि निरास भएका थिए । निरास किसानहरुलाई मध्यनजर गर्दै गाउँपालिकाले धान उत्पादनमा समस्या देखिएका क्षेत्रमा आलु लगाउन विउमा शत प्रतिशत अनुदान दिने निर्णय गरेको छ । असारमा धान रोपेर मंसिरमा भिœयाउने बेलासम्म धानमा दाना नलागेपछि किसानहरु निरास भएका थिए ।

गत असारमा साविकको जिल्ला कृषि विकास कार्यालयले ५० प्रतिशत अनुदानमा किसानलाई सुख्खा तीन र रामधानको विउ उपलब्ध गराएको थियो । उक्त विउको धान रोपेका किसानहरु धानमा दाना राम्रो नभएपछि चिन्तित भएका थिए । दैलातु·को १० रोपनी जग्गामा सुख्खा र रामधानको विउ रोपिएको थियो । साविकको कृषि कार्यालयले दुई बोरा सुख्खा तीन र एक बोरा रामधानको विउ उपलब्ध गराएको भएपनि पछि अपुग भएर किसानलाई थप २० किलो विउ उपलब्ध गराइएको थियो । थप गरिएको विउमा मिसावट भएकाले धान उत्पादनमा समस्या देखिएको हुन सक्ने किसानहरु बताउँछन् । धानबाटै जिविकोपार्जन गर्दै आएका किसानहरुले रोपेको धानमा दाना नलागेपछि क्षतिपूर्तिको माग गरेका थिए ।

जिल्लाका सरकारी कार्यालयहरु स्थानीय तहमा समायोजन भएपछि साविकको कृषि कार्यालयको अधिकार स्थानीय तहलाई सुम्पिएपछि किसानहरु स्थानीय सरकारसँग सहयोगको अपिल गरेका हुन् । गाउँपालिकामा पीडित किसानको गुनासो आएपछि आइतबार गाउँपालिकाका कृषि संयोजक सन्तोष जिसी पीडित किसानको खेतमै पुगेर समस्याको पहिचान गरेका थिए । समस्याको पहिचान लगत्तै गाउँपालिकाले किसानलाई आलुको विउ शत प्रतिशत अनुदानमा दिने निणर्य गरेको कृषि संयोजक जिसीले जानकारी दिए । गाउँपालिकाको निर्णयले आफुहरुलाई केही राहतको महशुस गरेको पीडित किसानहरु बताउँछन् । एक पक्षबाट पीडित भएपनि स्थानीय सरकारले गरेको निर्णयले आफुहरुलाई केही आशा जगाएको पीडित किसान रमेश खरालले बताए । उनले भने ‘हामीसँगै अन्य विउ रोपेका किसानहरुले अहिले राम्रै धान भिœयाउन सफल भए हामीले भने धानमा दानै नलागेकाले पराल मात्रै भिœयायौं ।’ सुरुमा कृषि कार्यालयले उपलब्ध गराएको विउ राम्रै भएपनि पछिल्लो विउमा समस्या देखिएको अर्को पीडित किसान यज्ञमुर्ति खरालले बताए । उनले भने ‘दैलातु·को दश रोपनी जग्गामा धान लगाएका थियौं, पछि अपुग भएर कृषि कार्यालयले स्थानीय कृषक पशुपति बस्याल कहाँबाट विउ ल्याउन लगाएपछि हामीले त्यहीबाट २० किलो विउ ल्याएर रोपेका थियौं । तर विउ फरक परेकाले धानमा दानै नलागेको हुन सक्छ ।’

  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *