प्लाष्टिक मुक्त शहरबाटै पाँच बोरा प्लाष्टिक बरामद !

रामचन्द्र रायमाझी
पाल्पा ,मंसिर २१ /
तानसेन प्लाष्टिक मुक्त शहर हो । तानसेन नगरपालिका,पाल्पा उद्योग वाणिज्य संघ,उद्योगी, व्यापारी, उपभोक्ता हित मञ्ज, स्थानीय सरोकारवालाहरुको पहलमा तानसेन शहरलाई २०७० साल जेठ २२ गते प्लाष्टिक झोला मुक्त सहर घोषणा गरिएको थियो । तानसेनलाई शुन्दर र स्वच्छ नगर बनाउने उद्देश्य अनुरुप प्लाष्टिक मुक्त शहर घोषण गरिए पनि प्लाष्टिक नियन्त्रण हुन भने सकेको छैन । तानसेन नगरपालिकाले पूर्णरुपमा प्लाष्टिक मुक्त शहर बनाउन प्रयास गरे पनि स्थानीय व्यापारीहरुले लुकिछीपी प्लाष्टिक झोलाहरु विक्री गर्दै आए पछि शहर नै कुरुप बन्दै आएको पाइन्छ । पटकपटक तानसेन नगरपालिकाले बजारको अनुगमन र नियमन गरेपनि स्थानीय व्यापारीका कारण पूर्णरुपमा प्लाष्टिक मुक्त हुन सकेको छैन । बजारमा प्लाष्टिकाका झोलाहरु जथाभावी रुपमा विक्रि र प्रयोग भएको पाएपछि अनुगमनमा खटिएको नगरप्रहरीको टोलिले ठूलो परिमाणमा प्लाष्टिकजन्य झोला बरामद गरेको छ । नगरप्रहरी प्रमुख जयप्रकाश उप्रेतीको नेतृत्वमा खटिएको प्रहरीले तानसेन नगरपालिका १ को मिसन, वडा ६ को बर्तुङ्ग, र वडा ७ को प्रवास बजारबाट पाँच बोरा प्लाष्टिकजन्य झोला बरामद गरेको सरसफाई शाखाका प्रमुख शंकर भण्डारीले जानकारी दिए । सोमबार र मंगलबार विभिन्न क्षेत्रबाट बरामद गरिएका प्लाष्टिकजन्य झोलाहरु नगर प्रहरी, सरसफाई शाखाका प्रतिनिधि र पत्रकारहरुको रोवरमा विहिबार नष्ट गरिएको छ । नगरपालिकाकले निशेष गरेका प्लाष्टिकहरु विक्रि वितरण र प्रयोग गरी नियम उल्लङ्गन गर्नेहरुलाई पहिलो पटक भएकाले सचेत गराई छोडिएको सरसफाई शाखाका प्रमुख भण्डारीले बताए । नगरपालिकाले यो अभियानलाई सार्थक बनाउन कडा रुपमा निगरानी राख्ने प्रमुख भण्डारीले जानकारी दिए । जथाभावी प्लाष्टिकको प्रयोगका कारण शहर कुरुप बन्नुको साथै वातावरण नै प्रदुषित हुने भएकाले सुन्दर शहर र स्वच्छ शहर बनाउने अभियानमा सबैले साथ दिनुपर्ने भण्डारीको भनाई छ । तानसेनलाई प्लाष्टिक मुक्त सहरको रुपमा सार्थक बनाउन बजार क्षेत्रमा पलाष्टिजन्य झोला पूर्णरुपमा बन्देज लगाइएकोे तानसेन नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिवाकर अर्यालले बताए ।
पछिल्लो समय तानसेन बजारमा पलाष्टिजन्य झोला खुलामखुलारुपमा विक्रि वितरण हुनुको साथै विक्रेता, उपभोक्ताले जथाभावी प्रयोग गरिदिदाँ बजार नै कुरुप बन्न पुगेको हो ।

  • 41
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    41
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *