प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारसँग पाल्पाली पत्रकारको माग

पाल्पा,जेठ १/जिल्लाका पत्रकारहरुले प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारसँग माग गरेका छन् । सरकारले सदनमा पेश गरेको मिडिया काउन्सिल, आमसञ्चार लगायतका पत्रकारितालाई नियन्त्रण गर्ने प्रकृतिको प्रावधान विधेयक मार्फत ल्याएकाले उक्त विधेयक फिर्ता लिई प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारसँग माग गरेका हुन् । बुधबार नेपाल प्रेस युनियन जिल्ला शाखाले आयोजना गरेको नेपाल मिडिया काउन्सिल विधेयक अन्तक्र्रिया कार्यक्रममा सहभागी पत्रकारहरुले पत्रकारिताको अन्तर्राष्ट्रिय अभ्यास, मूल्य र मान्यता तथा संविधानको प्रस्तावनामा भएको पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी हुने प्रावधान विपरित रहेकाले तत्काल फिर्ता लिएर प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारसँग माग गरेका छन् । कार्यक्रममा युनियन जिल्ला शाखाका सल्लाहकार तथा पूर्व केन्द्रिय सचिव झपेन्द्र गहिरेले प्रेस स्वतन्त्रतामा अंकुश लगाउने संवैधानिक, कानुनी प्रावधान विरुद्ध विगतमा जस्तै अहिले पनि सञ्चार जगत एकढिक्का हुनुपर्ने बताए ।


उनले संविधानको मर्मलाई आत्मसात गर्दै संवैधानिक प्रावधान विपरीत ल्याइएको विधेयक सरकारले तत्काल फिर्ता नलिए जस्तो सुकै आन्दोलन गर्न पनि पछि नहट्ने धारणा व्यक्त गरे । प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष राजेन्द्र लिगलले पत्रकार सरकारको चौथो अङ्ग भएकाले सरकारले प्रेस स्वतन्त्रताको सम्मान गर्नु पर्ने बताए । युनियनका सल्लाहकार जगदीश भट्टराईले लोकतन्त्रको रटान लगाएर नथाक्ने सरकारले सञ्चार माध्यमलाई नियन्त्रण गर्ने गरी विधेयक ल्याउनु आपत्तिजनक रहेको धारणा व्यक्त गरे । उनले पछिल्लो समय नेपाली प्रेस तथा पत्रकारमाथि आक्रमणको शृंखला बढ्दै गएकाले नेपाली प्रेस थप चुनौतीपूर्ण बन्दै गएकाले प्रेस जगत एक हुनुपर्नेमा जोड दिए ।

युनियनका केन्द्रिय सदस्य माधव अर्यालले प्रमुख राजनीतिक दलहरु प्रेस स्वतन्त्रताप्रति गम्भीर नबन्दा संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेखिए पनि व्यवहारमा त्यो नदेखिएको बताए । सदस्य अर्यालले संसदमा दर्ता भएको मिडिया विधेकले स्वतन्त्र प्रेसको संवैधानिक हकलाई कुण्ठित गर्ने भएकाले त्यसका विरुद्धमा पत्रकारहरु एक जुट हुनुपर्नेमा जोड । स्वतन्त्र पत्रकार संघका जिल्ला अध्यक्ष भोजराज भट्टराईले सरोकार पक्षसँगको छलफल र सहमतिविना संसदमा दर्ता गरिएको विधेयक स्वतन्त्र पत्रकारमाथिको सिधा प्रहार भएको बताए । पत्रकार महासंघका जिल्ला सदस्य तथा युनियनका केन्द्रिय पार्षद दुर्गेस मल्लले प्रेस स्वतन्त्रताको पक्षमा गरिएका आन्दोलनलाई हरेक सचेत नागरिकले पनि साथ दिनुपर्नेमा जोड दिए । कार्यक्रम युनियनका सभापति भरत शर्माको सभापतित्व,उपसभापति मन गहिरेको स्वागत र सचिव रामचन्द्र रायमाझीको सञ्चालनमा भएको थियो ।


त्यस्तै पत्रकार महासंघ जिल्ला कार्यसमितिले पनि अन्तक्र्रिया गरेको छ । कार्यक्रममा वरिष्ठ पत्रकार मेघराज शर्मा, संघका पूर्व अध्यक्षहरु झपेन्द्र गहिरे, गोविन्द भट्टराई लगायतले प्रेस स्वतन्त्रताप्रति बाधा पु¥याउने विधेयक संसदमा दर्ता भएकाले तत्कालै सच्याएर जानुपर्नेमा जोड दिए । कार्यक्रममा शिक्षक, प्राध्यापक, नागरिक समाजका प्रतिनिधिहरुले पत्रकारिता मर्यादित पेशाा भएकाले छलफल र बहसबाट विधेयक सच्याउनुपर्ने बताए । कार्यक्रम संघका अध्यक्ष राजेश कुमार अर्यालको अध्यक्षता, उपाध्यक्ष भरत शर्माको स्वागत र कोषाध्यक्ष मिलन विकको सञ्चालनमा कार्यक्रम भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *