प्रेम के हो ?, ‘माया’ कि ‘लभ’ !

नवराज बस्याल
प्रेम शब्द आफैमा अर्थपूर्ण, अनमोल अनि निकै गहन छ, फेरिपनि कसले कसरी बुझ्ने, कस्तोलाई प्रेम मानिरहेको छ गहनतम अध्ययन जरुरी पक्कै पनि छ । विशेष प्रेम शब्द सुन्ने बित्तिकै माया मोह अनि जिन्दगी सम्झनेहरुको जमातमात्रै होइन, प्रेम शब्द सुन्नै नचाहनेहरु पनि कम छैनन् यहाँ । खाशमा, यहाँ प्रेम शब्दको अर्थमा विविधिकरण खोज्नु भन्दा पनि शब्दको अर्थ एउटैलाई पल भरमै किन फरक–फरक हुने गर्दछ भन्ने गम्भिर देखिन्छ । प्रेम शब्द खोज्दै र भोग्दै जाँदा बाल्य अवस्थाका ति निस्वार्थ प्रेम जहाँ एक अर्काका खुशी भलो कै चाहना हुने गर्दथे तर कसैले सम्झन चाहदैनन् ति स्वर्णिम पलहरु किनकी समयको चक्रले पिरोलिरहेको हुन्छ सदैव उनीहरुलाई । यहाँ उनीहरु भनेका तिनीहरु हुन जो समय समयमा प्रेमको परिभाषा नै बदलिदिएका हुन्छन्, समाजले, संसारले मानोस् नमानोस् उनीहरुले भनेपछि पुग्यो त्यहाँ ।
अझ बढी किशोर अवस्थामा विपरित लिङ्गीहरुको प्रेम जहाँ पलभरमै प्रेमको अर्थ बदलिरहेको हुन्छ । बिहान प्रेम खुशी हो भन्नेले साँझ पर्न नपाउँदै प्रेमलाई संसारकै दुःख भन्न पनि ढिलाई गर्दैन त्यहाँ । फेरिपनि प्रेम त्याग्न सक्दैनन् कोही । यता कता प्रभाव परिरहेको हुन्छ प्रेमको । अपरिचित केटा र केटीलाई वैवाहिक सम्बन्धमा बाँधेर एकअर्कामा समर्पित बन्न प्रेमले सिकाउँछ, इमान्दार, विश्वासी बन्न प्रेमको महत्वपूर्ण भूमिका देखिन्छ । हामीहरु हरेक सम्बन्धमा प्रेमको फरक–फरक अनुभुती आभास गर्न सक्छौं । तर, जहाँ प्रेम हुन्छ त्यहाँ प्रतिशोध, क्रोध, घमण्ड र रिसरागको कुनै ठाउँ नै हुँदैन । यसको अर्थ जहाँ प्रेम हुँदैन त्यहाँ अहंकार, घमण्डले राज गर्छ भनेर लगाउनु पनि समय सापेक्ष निर्णय नहुन सक्छ । तर, यहाँनेर स्वीकार्नुपर्ने के छ भने प्रेम प्रत्येकको भोगाइ र समयनुसार फरक फरक हुन सक्छ । समयानुसार कुरा गर्दा जहाँ प्रेमलाई ‘माया’ भनिएको हुन्छ त्यहाँ समान भोगाइहरु अनुभुतिहरु समेटिएका हुन्छन् । चाँहे ति आमाबाबु, छोराछोरी, दाजुबहिनी, साथीभाइ अथवा प्रेमप्रेमिका बीचको प्रेम नै किन नहोस् सरल बुझाईमा त्यहाँ साँचो सम्बन्ध गाँसिएको पाउन सकिन्छ । एउटै पात्रको एउटै समयमा फरक–फरक प्रेमका अनुभुतिहरु हुन सक्छ ।
उसको घर परिवार, दाजु भाइसंगको प्रेम अनि बाहिरी दुनियासंगको प्रेममा विविधता हुन सक्छ । उसले घर परिवारलाई प्राथमिकतामा राख्ने कि दुनियाँलाई उसको चिन्तनमै भर पर्दछ । अधिकांशमा घर परिवारसंग दोहोरो माया हुन्छ भने बाहिरचाँही एकोहोरो लभ हुन सक्छ । दोहोरो मायामा समस्या भएन तर एकोहोरोमा समस्या हुन सक्छ । तर एकोहोरो कसले गरिराखेको छ यसले पनि परिणामलाई मार्ग देखाउँछ । सबै एकोहोरो अशुभ भन्ने पनि हुँदैन कतै शुभ पनि हुन सक्छ राम्रो अवसरले आफूलाई पच्छाइरहेको आफूले पत्तो पाउन नसकेको अवस्था पनि हुन सक्छ । आफ्नो एकोहोरो बानीले आफूलाई कतिसम्मको फाइदा वा नोक्सान पुर्याउँदै छ सचेत हुनुपर्ने हुन्छ । माया शब्द नै आँफैमा प्यारो हुन्छ । कुरो जमानाकोनै हुन सक्छ जहाँ प्रेममा दुःख, विछोड के हो भन्ने नै पत्तो हुँदैन थियो त्यही नै माया थियो । समय फेरिदै गयो विकास क्रमले विश्वलाई नै साघुरो बनाइदियो सिँधा भन्नुपर्दा संसार नजिकियो प्रेमको क्षेत्र फराकिलो बन्न थाल्यो साथमा समय र मानिसको उमेरसंगै प्रेममा पनि एकाएक परिवर्तन भएको अनुभुती हुन थाल्यो ।
प्रेमचक्र घुम्न लाग्यो, सरल होस् भन्ने सबैलाई लाग्दो हो यसैले होला बाबा ड्याड हुनुभयो, आमा मामु हुनुभयो घुम्दै गर्दा प्रेमिका चाँही बाबा बनिन् । अरुको दुःखमा सहनुभुति राख्दै असहायहरुलाई, असक्तहरुलाई सक्दो सहयोग गर्नका निम्ति निरन्तर लागिरहने ति मनहरुले पनि साथ खोज्ने थाले ‘धन हुनेसंग मन हुँदैन मन हुनेसंग धन हुँदैन’ भनेजस्तै यताकता धन मन दुवै हुनेहरुले पनि सहयोगको मूल्य लगाउन थाले । एउटै सहयोगबाट बारम्बार प्रतिफल प्राप्त होस् भन्ने चाहना राख्न थाले । प्रेमचक्र सँगै प्रेमको अर्थ पनि बदलिन लाग्यो । आधुनिकता अनि नजिकिदो विश्वको प्रभावसंगै प्रेम मायाबाट लभ हुन लाग्यो अथवा भइसक्यो भन्दा पनि फरक नपर्ला । प्रेम शब्दपनि मायाबाट लभ भएछ । प्रेम एउटा शक्ति हो यसले सकारात्मक उत्पेरणा प्रदान गर्दछ भन्नेहरुका लागि प्रेम कमजोरी बनेको देखिन थालेको छ । जब शक्तिको सकारात्मक रुपमा उपयोग हुँदैन यसले हामीलाई दुरुपयोग गर्दै कहीँ कतैबाट पीडा दिइरहेको हुँनेछ ।
समयको कुरा गर्दा पनि जुन समयमा एक आपसमा प्रेम थियो, त्यहाँ सफलता चुलिदै जान्थ्यो तर यो लभ सुरु भएपछिको समयमा सुख भन्दा दुःख अनि मिलनभन्दा विछोड कहानीहरु धेरै देखिन्छन् अझ कोपिलामै झर्ने सम्बन्धहरुको कमी हुँदैन त्यहाँ । प्रेमले जीवनलाई सपार्न मद्दत गर्दछ, तर जब हतारमा यसको प्रयोग बढ्छ जिन्दगी भत्कन सुरु हुन्छ । प्रेमले कसरी भत्काउँछ भन्ने पनि हुन सक्छ यसका लागि तिनीहरुलाई हेर्न सकिन्छ जसले क्षण भरमै लभवाला प्रेमबाट मुक्ति खोजिराखेका हुन्छन् । प्रेम त एउटा गन्त्यव्य नै हो जसका दुई बाटोहरु हुन्छन् एउटा मिलन अर्को विछोड यहाँ रोजाइ स्वयमको नै हुँनेछ माया रोज्ने कि लभ । माया रोज्नेहरुको दुबै बाटोमा मिलन खुशी हुनेछ तर लभ रोज्नेहरुका लागि मिलन विछोड बराबर देखिएको हुन्छ प्रतिफल उसको व्यवहार, भोगाइ अनि सहनशीलतामा भर पर्दछ । मिलनका सम्भावनाहरु मानिस आँफै खोज्न सक्छ साथमा वियोगको निराकरण आँफै गर्न सक्दैन भन्नु पनि गलत हुन सक्छ । त्यसका लागि उनीहरुसँग गन्त्यव्यको पहिचान र आफ्नो सामर्थको बारेमा जानकार आँफै हुनुपर्ने हुन्छ । यहाँनेर विपरित लि·ीसंगको आकर्षणलाई मात्र लभ मान्नु पनि सत प्रतिशत सही नहुन सक्छ किशोरावस्थ्यामा आकर्षणको लिमिट नै नहुन सक्छ ।
त्यस समयमा लभ कथाहरु बुन्ने अनुकुलता बढी देखिने अनी सम्वेदनशीलता कम हुने खालको व्यवहार देखेर पनि अचम्म मान्नु पर्दैन । सेक्स र आधुनिकतामा खुशी लुकेको ठान्नेहरुले जीवनको स्वर्णिम समय यसैलाई मानेर लभको यात्राले स्वर्ग पु¥याउँछ भनेर भने पनि यसमा अचम्म मान्नु पर्दैन । किनकी त्यहाँ कता कतै स्वार्थ लुकेको हुन सक्छ । जीवन यहाँ भिज्न सकेन भने अर्को ठाउँमा लगेर चोबल्न सक्छु भन्ने भ्रमले जरो टेकिसकेको पनि हुन सक्छ । सरल र सिँधा तरिकाले साँेच्दा, सोँच्दा–सोच्दै भोग्दै जाँदा ढिलो वा चाँडो हरेक मानिसले प्रेम गर्छन् । कसैले एकचोटी गर्छन् त कसैले पटक–पटक गहिरो प्रेम पनि गर्छन् । कसले जीवन लम्ब्याउछन् कसैले जीवन समाप्त गर्छन् । यहाँपनि माया र लभ गर्नेहरुले चलचित्रमा जस्तै खुशीयालीले समाप्त होस् भन्ने चाहना राख्छन् तर चलचित्रहरु पनि कुनै कुनै वियोगमा गएर टुंगिन्छन् ध्यान दिनु जरुरी हुन्छ ।
अर्काको डाहा गर्नेहरुले पनि सकेसम्म राम्रो प्रगतिको मात्र डाहा गरेमा प्रगतिमय परिवर्तन हुन जान्छ । अर्काको असफलतालाई देखेर आफूले पनि त्यो बाटोमा जाने कि नजाने भन्ने पनि स्वयम्को विवेकमा भर पर्दछ । त्यसैले जीवनलाई अर्थ ल्याउने प्रेमलाई आफूले कसरी प्रयोग गर्ने भन्ने चिन्तन हुन पर्दछ । जब माया गरिएको हुन्छ साना–साना कुराहरुबाट जीवनको लक्ष्य प्राप्ति हुने आशमा यात्रा भइरहेको हुन्छ त्यहाँनेर जीवनमा खुशी भरिको पाउन सकिन्छ । प्रेम सम्बन्धलाई कसरी जीवित राख्ने माया भनेर कि लभ गरेर । जसो गरेपनि यथार्थमा प्रेम भनेको खुशी हो सफल हुँदै अघि बढ्ने बाटो हो । यसकारण प्रेमको परिभाषा खोज्नु पर्दैन भोग्दै खेप्दै जानेहरुले समय पुगेपछि आँफै पत्तो पाउनेछन् प्रेम ‘माया’ कि ‘लभ’ के हो भनेर ।

  • 75
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    75
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *