प्राविधिक शिक्षामा जोड दिदैं ह्याप्पी नेपाल, जिल्लामै पहिलो पटक फेसन डिजाईनिङ प्रतियोगिता

पाल्पा, भदौ २९/ जिल्लामै पहिलोपटक फेसन डिजाइनिङ प्रतियोगिता भएको छ । सिटीईभिटीबाट मान्यता प्राप्त संस्था ह्याप्पी नेपाल प्रालीले जिल्लामै पहिलो पटक फेसन डिजाईनिङ प्रतियोगिताको आयोजना गरेको हो । पछिल्लो समयमा किताबी शिक्षा अव्यवहारिक बँन्दै गएका बेला ह्याप्पी नेपालले जिल्लामा प्राविधिक शिक्षालाई विशेष महत्वका साथ सञ्चालन गर्दै आएको छ ।

सिटीईभिटीबाट २८ वटा प्राविधिक विषयहरुमा सम्बन्धन प्राप्त यस संस्थामा फेसन डिजाईनिङ विषय पढीरहेका पाल्पा, स्याङजाका १४ जना फेसन डिजाईनरहरुले ड्रेस डिजाईन गरी ¥याम्पमा क्याटवक गरेकाहरु बीच प्रतिस्पर्धा गराएको छ । उक्त प्रतियोगितामा सुनवल नवलपरासीकी लक्ष्मी बिक बिजेता भएकी छन् ।

त्यस्तै प्रतियोगितामा फस्ट रनर अप चिजा थापा, सेकेण्ड अप पाल्पाकी अञ्जु अमात्य कुंवर र बेस्ट क्याट वकको उपाधि जुना रानाले जित्न सफल भएका छन् । प्रतियोगितामा विजेताहरुलाई एक कार्यक्रमका बीच संस्थाले सम्मान गरेको छ । सम्मान कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका अध्यक्ष दयाराज बस्यालले जिल्लामा यस्ता किसिमका सिपमूलक कार्यक्रमहरुले वेरोजगार समस्याको समधानमा सहयोग पुग्ने बताए । उनले समयको बदलिदो क्रमसंगै जिल्लामा प्राविधिक विषयहरुको बिषय सञ्चालन गरिनु पर्ने बताए ।

पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले यस संस्थाले प्राविधिक शिक्षाको क्षेत्रमा राम्रो काम गरिरहेकोमा प्रंशसा गरेका छन् । फेसन डिजाईनरहरुले पाल्पाली ढाकालाई पनि समय अनुसारको पहिरनमा समायोजन गर्नुपर्नेमा जोड दिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *