प्रहरीद्वारा चालकलाई ज्याकेट र परिचय पत्र

पाल्पा, जेठ ३/जिल्ला प्रहरी कार्यालयले ट्याक्टर चालकलाई ज्याकेट र परिचय पत्र वितरण गरेको छ । चालकहरुको पहिचान र चिनारी नहुँदा भोग्नुपरेको समस्यालाई समधान गर्न प्रहरीले ज्याकेट र परिचय पत्र वितरण गरेको हो ।
सामुदायिक प्रहरी साभेदारी कार्यक्रम अन्तर्गत श्रीनगर यातायात व्यवसायी समितिका पदाधिकारी, ट्याक्टर व्यवासायी, चालक, ट्राफिक प्रहरी, नेपाल प्रहरी, पत्रकारको सहभागीतमा ज्याकेट र परिचय पत्र वितरण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले बताए । वितरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले सवारीचालकलाई दुर्घटना न्युनिकरण प्रति प्रतिवद्ध बनाउन नयाँ खालको कार्यक्रमको सुरुवात गरिएको बताए । सापकोटाले जिल्लामा अझै पनि धेरै ट्याक्टर व्यवसायी समितिमा आवद्ध नभएकोले अबका दिनमा समितिमा आवद्ध भई संगठित भएर सवारी चालकको सुरक्षा र हक अधिकारको वकालतमा लाग्न आग्रह गरे ।

ट्याक्टर चालकबाट सुरु गरिएको कार्यक्रमलाई विस्तारै टिपर, बस, ट्रक, जिपसँगै अन्य सवारी साधनका चालकलाई पनि अनिवार्य गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक सापकोटाले बताए । चालक कोहो भनेर चिन्न नसकिने अवस्था रहेको समयमा जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी र ट्याक्टर व्यवसायी समितिले गरेको यस्तो खाले कार्यक्रमबाट आफुहरुलाई सवारी दुर्घटना न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने चालक विश्वनाथ रेग्मीले बताए । यस्तै श्रीनगर यातायात व्यवसायी समितिका कोषाध्यक्ष किरण चित्रकारले चालक जहाँ जतिबेला पनि होटल रेष्टुरेन्टमा छिरेर मापसे गर्ने गरेकाले यस्तो खाले परिचय पत्र वितरण कार्यक्रमले चालकमा जिम्मेवारी बहन गराउने बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *