प्रदेश ५ मलेसिया रिटर्नी समाजको संयोजकमा शर्मा

गुल्मी, पुस २६/ नेपाल मलेसिया रिटर्नी समाज पदेश ५ को संयोजकमा विजय शर्मा चयन भएका छन् । काठमाण्डांैमा भएको समाजको प्रथम राष्ट्रिय भेलाले रेसुङ्गा नगरपालिका वडा ३ गुल्मीका शर्मालाई प्रदेश संयोजकमा चयन गरेको हो । भेलाले समाजको लागि ७ वटै प्रदेशमा संयोजक चयन गरेको छ । भेलाले प्रदेश पाँचमा शर्माको संयोजकत्वमा २१ सदस्यीय कार्य समिति चयन गरेको हो । प्रदेश समितिमा सबै समुदायलाई समावेश गरिएको संयोजक शर्माले जानकारी दिए । समाजले मलेसियामा रहेका नेपालीहरुसँग समन्वय गरेर काम गर्ने नवनिर्वाचित संयोजक शर्माले बताए ।

  • 189
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    189
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *