प्रदेश विकास परिषद्मा ५१ जना मनोनित, पाल्पा र गुल्मीमा को–को परे ?

हाम्रा संवाददाता
बुटवल, माघ १९/प्रदेश पाँच सरकारले प्रदेश विकास परिषद्मा ५१ जनालाई मनोनित गरेको छ । प्रदेश सरकारले स्थानीय तहबाट १५ जना, संस्थागत प्रतिनिधि २५ जना र आमन्त्रित व्यक्ति ११ जनालाई मनोनित गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार ५१ जनाको लिष्ट सार्वजनिक गरेको छ । मन्त्रिपरिषद् बैठकले गत मंगलबार प्रदेशको विकासका लागि मुख्यमन्त्रीको संयोजकत्वमा परिषद् गठन गरेको थियो । मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेश सरकारका मन्त्री, सचिवहरु, प्रमुख प्रतिपक्षी दलका नेता, विज्ञसमेत रहने गरी प्रदेश विकास परिषद् गठन गर्ने निर्णय गरे अनुरुप ती व्यक्तिहरुलाई मानोनित गरिएको मुख्य मन्त्रीको कार्यालयले जनाएको छ ।

यस्तै युवा परिषद्, अपाङ्गता भएका व्यक्ति, एकल महिला र तेश्रो लिङ्गीका संस्थाबाट पनि प्रतिनिधित्व गराईने सरकारले जनाएको छ । प्रदेश विकास परिषद्मा प्रदेशभित्रका ४ उपमहा नगरपालिकाका प्रमुख, ७ वटा नगरपालिका र ४ वटा गाउँपालिकाका अध्यक्ष समेटिएका छन् । यस्तै संस्थागत प्रतिनिधिमा शिक्षा, स्वास्थ्य, कानुन, उद्योगी व्यवसायी, अर्थविद्, भाषाविद्, वनविज्ञ, प्रशासन विज्ञ लगायतलाई समेटिएको छ । विकास परिषद्मा मनोनित भएका ५१ जना मध्ये स्थानीय सरकारबाट पाल्पा पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा, गुल्मी छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्त रहेका छन् । त्यस्तै प्रदेश सरकारले पाल्पामा संस्थागत सदस्य तर्फ अर्थविद् डा. गोविन्द नेपाल, विज्ञान शिक्षा सुशिला श्रेष्ठ, कृषिविज्ञ कमान सिंह थापा मगर र गुल्मीमा समाजसेवी सिर्जना तरामुलाई मनोनित गरेको हो ।
स्थानीय तहका १५ जना प्रमुख तथा समाजमा योगदान पु¥याएका २५ विज्ञ सदस्यसमेत राखिएको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले बताए । यस अघि बसेको मन्त्रिपरिषद् बैठकले गुल्मीको रुरु गाउँपालिकाको केन्द्र र नाम तथा प्युठान झिमरुक गाउँपालिकाको केन्द्र परिवर्तनका लागि संघीय सरकारमा सिफारिस पठाउने निर्णय गरेको छ । रुरु गाउँपालिकाको नाम रुरुक्षेत्र र केन्द्र ध्युबेंसीमा सार्ने अनि झिमरुक केन्द्र मच्छीबाट भ्यागुतेमा सार्न सिफारिस गरिएको हो । बैठकले प्रदेश स्थापना दिवस फागुन ३ गते मनाउने निर्णय समेत गरेको छ ।

  • 185
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    185
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *