प्रदेश पाँचका जनप्रतिनिधी भन्छन्, ‘हामी माग्ने जस्तो भयौ’

हाम्रा संवाददाता
बुटवल, असोज १७/प्रदेश पाँचका जनप्रतिनिधीहरुले केन्द्र सरकारले दिने र हामी माग्ने जस्तै भएको बताएका छन् । बजेट दिनेदेखि कर्मचारी नियुक्ती गर्ने सम्म केन्द्रीय सरकारले हस्तक्षेप गरेको भन्दै केन्द्रीय सरकारले दिने हामीले माग्ने जस्तो भएको गु्नासो गरेका हुन् । रुपन्देहीमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघको प्रदेश पाँचको प्रथम अधिवेशनमा सहभागी गाउँपालिकाका प्रमुख, उपप्रमुखहरूले संघ र प्रदेश सरकारले स्थानीय तहलाई संविधान विरुद्ध गएर विभेद गरेको आरोपसमेत लगाएका छन् ।

स्थानीय तहमा कर्मचारी अभाव भएका कारण कार्यसम्पादन गर्न कठिनाइ भएको उनीहरुले गुनासो गरेका छन् । स्थानीय तहहरुमा निर्वाचन भएको लामो समय हुँदा समेत केन्द्र सरकारले कर्मचारी व्यवस्थापन गर्न नसको भन्दै जनप्रतिनिधीहरुले आक्रोस व्यक्त गरे । उनीहरुले स्थानीय सरकारलाई कर्मचारी व्यवस्थापन गर्न मार्ग प्रशस्त गरिदिन पनि माग गरेका छन् ।
गाउँपालिका राष्ट्रिय महासंघका महासचिव वंशलाल तामाङले नागरिकबाट लिएको कर नागरिककै सुविधाको निम्ति खर्च हुने गरी प्रत्याभूति दिलाउनुपर्ने दायित्व स्थानीय सरकारको भएको बताए । कार्यक्रममा महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले संविधानमा उल्लेख भएका अधिकार स्थानीय सरकारलाई दिन ढिलाइ गरिनु संविधान र संघीयता विरोधी भएको बताए । संविधानले गाउँपालिका र नगरपालिका प्रमुख र उपप्रमुखलाई समान हैसियत प्रदान गरे पनि केन्द्र सरकारले भेदभाव गरेको उनको आरोप छ । कार्यक्रममा स्थानीय तह पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेलले संघीय प्रणालीको अनुभूति गर्न नागरिकले नपाएको भन्दै स्थानीय तहले अहिले कर वृद्धिको आरोप खेपिरहेकाले करको दर बढाउँदै गर्दा सुशासनको स्तर पनि बढाउन सुझाव दिएका छन् ।

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *