प्रजनन् स्वास्थ्यमा ध्यान दिन महिलालाई आग्रह

पाल्पा (बगनासकाली), वैशाख २१/बगनासकाली गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले महिलाहरुलाई प्रजनन् स्वास्थ्यमा ध्यान दिन आग्रह गरेकी छन् । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको बालमैत्री स्थानीय शासन अवलम्बनका लागि सुनौला हजार दिन सम्बन्धी वस्ती स्तरीय अभिमूखिकरण कार्यक्रमलाई नायरनम्तलेसमा सम्बोधन गर्दै उपाध्यक्ष चिदीले अधिकांश महिलाहरुको प्रजनन् स्वास्थ्यमा ध्यान नदिदा ज्यान जोखिममा पर्ने भएकाले सचेत रहन महिलाहरुलाई आग्रह गरेकी हुन् । उनले गाउँपालिकाले आगामी मंसिर मसान्त सम्ममा बालमैत्री स्थानीय शासनका रुपमा गाउँपालिकालाई घोषणा गर्ने तयारीमा रहेकाले स्वास्थ्यका सूचकहरु पूरा गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा कार्यपालिका सदस्यहरु तेजबहादुर रसाईली र वसन्ती थापाले आम नागरिकहरुले पाउनुपर्ने आधारभूत स्वास्थ्य सेवाहरुका लागि गाउँ–गाउँमा स्वास्थ्यकर्मीहरु खटिएकाले स्वास्थ्य सेवा लिन नागरिकलाई आग्रह गरे । उनीहरुले गाउँ–गाउँमा खटिएका स्वास्थ्य कर्मीहरुलाई धन्यावाद समेत दिए । कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य संयोजक मणिराम अधिकारी र सुआहाराका जेसि अफिसर सन्दिप घिमिरेले प्रशिक्षण दिएका थिए । कार्यक्रममा सहभागीहरुलाई प्रशिक्षण दिर्दै स्वास्थ्य संयोजक अधिकारीले गाउँपालिको स्वास्थ्य क्षेत्रलाई प्रभावकारी र व्यवस्थित बनाउँदै गाउँपालिकाका ४ सय गर्ववती महिला तथा अविभावकहरुलाई बालमैत्री स्थानीय शासन अवलम्बनका लागि सुनौला हजार दिन सम्बन्धी वस्ती स्तरीय अभिमूखिकरण कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताए । कार्यक्रममा ४७ जनाको सहभागिता रहेको थियो । नायरनम्तलेस स्वास्थ्य चौकी प्रमुख सरद जिसीको स्वागत, स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष पदमबहादुर थापाको अध्यक्षता र स्वास्थ्य उपसंयोजक ठानेश्वर बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *