प्याब्सन पाल्पाद्वारा स्वास्थ्य शिविर, दुई सय ५० जनाले लिए सेवा

पाल्पा, असार २७/निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पाल्पाले हाडजोर्नी सम्बन्धी एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
प्याब्सनले स्वास्थ्य क्षेत्रको विकास नभएसम्म शिक्षाको विकास नहुँने भन्दै हाड्जोर्नी सम्बन्धी बिरामीहरुको उपचारका लागि शिविर सञ्चालन गरेको हो । शिविरमा दुई सय ५० जना बिरामीहरुले सेवा लिएका छन् ।

हाडजोर्नी सम्बन्धीका बिरामीहरुले स्थानीयस्तरमै सेवा लिन पाउँदा उत्साहित भएका थिए । वि.एण्ड वि. हस्पिटल काठमाडौंका विशेषज्ञ डा.राजेन्द्र अर्याल र डा. अन्सुलराज भण्डारीले विरामीको स्वास्थ्य परीक्षण गरेको प्याव्सनले जनाएको छ । उपचार गरेका मध्ये १० जनालाई वि.एण्ड वि. हस्पिटल काठमाडौं र चौराहा हस्पिटल बुटवलमा थप उपचारका लागि पठाइएको प्याव्सनका अध्यक्ष भरतप्रसाद न्यौपानेले जानकारी दिए ।

शिविरको एक कार्यक्रमका बीच जिल्ला शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख रमेशराज पौड्यालले उद्घाटन गरेका हुन् । शिविरको उद्घाटन गर्दै प्रमुख पौड्यालले नीजि विद्यालयहरुले शिक्षाको विकाससँगै सामाजिक क्षेत्रमा देखाएको सक्रियताको प्रशासं गरे । उनले देशको हरेक क्षेत्रमा नीजि क्षेत्रको महत्वपूर्ण योगदान रहेको भन्दै सरकारले नीजि क्षेत्रलाई पनि सँगसँगै लैजानुपर्नेमा जोड दिए । कार्यक्रममा प्याव्सन प्रदेश पाँचका सल्लाहकार खेम सारु, प्याव्सनका जिल्ला कोषाध्यक्ष गंगाबहादुर खत्री, सह सचिव अशेष भट्टराई लगायतको सहभागिता रहेको थियो । कार्यक्रम प्याव्सनका जिल्ला अध्यक्ष भरतप्रसाद न्यौपानेको अध्यक्षता, उपाध्यक्ष महेशमान बज्राचार्यको स्वागत, सचिव डाँसुराम पन्तको सञ्चालनमा भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *