प्याब्सन पाल्पाको नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुन न्यौपाने

पाल्पा, पुस २५/ निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पाल्पाको नयाँ कार्यसमिति चयन भएको छ । प्याव्सनको तानसेनमा भएको सातौ अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले आगामी दुई वर्षका लागि भरतप्रसाद न्यौपानेलाई पुन अध्यक्षमा चयन गरेको छ । जसको उपाध्यक्षमा महेशमान बज्राचार्य, सचिव डाँसुराम पन्त, कोषाध्यक्ष गंगा बहादुर खत्री, सह सचिव अशेष भट्टराई र सह कोषाध्यक्ष दिलीप रायमाझी रहेका छन् । अधिवेशनले सदस्यहरुमा दुर्गा बस्याल, पुर्णबहादुर थापा, मञ्जु ज्ञवाली, लक्ष्मण भण्डारी, ऋषिराम अर्याल, भेषराज पंगेनी र यमबहादुर दर्लार्मीलाई चयन गरेको नवर्निवाचित कोषाध्यक्ष गंगाबहादुर खत्रीले जानकारी दिए । त्यस्तै बुधबार बसेको नयाँ कार्यसमितिको पहिलो बैंठकले सूर्यप्रसाद घिमिरे, खेमबहादुर सारु, मिनप्रसाद बण्जाडे, भेषराज सुवेदी र गोविन्द प्रसाद पौड्याललाई सल्लाहकारमा मनोनित गरेको छ । बैंठकले हरि न्यौपाने भिम थापा, रवि पाण्डेलाई कार्यसमिति सदस्य र महाधिवेशन प्रतिनिधिमा प्रकाश भट्टराईलाई समेत मनोनित गरेको नवर्निवाचित सहसचिव अशेष भट्टराईले जानकारी दिए । जिल्लाका निजी तथा आवासीय विद्यालयको हक हितमा काम गर्दै आएको प्याव्सनले शिक्षालाई गुणस्तरी र व्यवहारिक बनाउन नगर सरकार र स्थानीय सरकारसँग समन्वय गरेर जाने नवर्निवाचित अध्यक्ष भरतप्रसाद न्यौपानेले बताए । उनले सरकारले निजी क्षेत्रको मर्म र भावना अनुरुप काम नगरेकाले निजी क्षेत्रका सबै संघ सस्था र व्यक्तिहरुलाई एक जुट भएर अगाडि बढ्न आग्रह गरे ।

  • 24
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *