पूर्वी पाल्पालीलाई अब प्रशासनिक कामका लागि तानसेन धाउनु नपर्ने

विक्रम थापा
रामपुर (पाल्पा) : पूर्वी पाल्पाको रामपुरमा इलाका प्रशासन कार्यालय सञ्चालन हुने भएको छ । नगरवासीहरुको लामो पहल पछि इलाका प्रशासन कार्यालयको औपचारिक स्थापना हुने भएको हो ।
तानसेन पछिको ठूलो व्यापारिक केन्द्रको रुपमा रहेको यस इलाकामा सेवाग्राही चाप दिनानुदिन बढेपछि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय पाल्पाले रामपुर
इलाका प्रशासन सञ्चालन गर्न लागेको हो । रामपुर नगरपालिकाका नासु रामकृष्ण भण्डारीलाई सरुवा गरी सो जिम्मेवारी दिइएको छ । यही असार १० गते सञ्चालन हुने इलाका प्रशासन कार्यालयको उद्घाटन गृहमन्त्री शक्तिबहादुर बस्नेतले गर्ने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमका अनुसार तत्कालका लागि जनशक्ति अभावका कारण सो कार्यालयबाट वंशजको आधारमा नागरिकता, आदिवासी जनजाति प्रमाणित परिचय पत्र, दलित प्रमाणित परिचय पत्र लगायतका सेवाहरु प्रदान गरिने छ । विस्तारै थप सेवाहरु पनि थपिदै लैजाने प्रजिअ गौतमले शित्तलपाटीलाई जानकारी दिए ।
रामपुर नगरपालिका घोषणा भएको दुई वर्ष पछि इलाका प्रशासन सञ्चालनमा आउने भएपछि रामपुरबासी उत्साहित भएका छन् । कार्यालय सञ्चालनमा आएपछि रामपुर र त्यस आसपासका स्थानीयलाई प्रशासनिक कामको लागि सदरमुकाम तानसेन धाउनु नपर्ने भएको छ ।

  • 2.9K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2.9K
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *