पूर्वखोलाको शिक्षालाई प्राथमिकता दिर्दै बजेट सार्वजनिक

इमानसिं राना
पाल्पा (पूर्वखोला), असार ३०/पूर्वखोला गाउँपालिकाले शिक्षालाई प्राथमिकतामा राख्दै आगामी वर्षको लागि बजेट सार्वजनिक गरेको छ । पाँचौ गाउँ सभाले आगामी आर्थिक वर्ष २०७६/०७७ को लागि ४२ करोड ७ लाख ६० हजार बराबरको बजेट पारित गरेको हो ।

समान शिक्षा प्रदान गर्ने लक्ष्यका साथ निजी तथा सरकारी विद्यालय समायोजन कार्यक्रम सुरु गरेको गाउँपालिकाले यस वर्ष सरकारी विद्यालयमा गाभिएका निजी विद्यालयहरुको भौतिक तथा शैक्षिक व्यवस्थापनको लागि बढी रकम विनियाजन गरेको हो । कुल बजेट मध्ये सशर्त तर्फ १७ करोड ७८ लाख, समानिकरण अनुदान १८ करोड २९ लाख ६० हजार र समाजिक सुरक्षा भत्ता ६ करोड रहेको छ । गाउँपालिकाले प्रत्येक वडागत रुपमा ७०/७० लाख बराबरको बजेट विनियोजन गरेको छ । गाउँपालिकाले शिक्षामा ४ करोड १४ लाख ८१ हजार, कृषि तथा पशुतर्फ १ करोड ४४ लाख ५० हजार, स्वास्थ्यमा १ करोड ७ लाख २० हजार र भौतिक पूर्वधारतर्फ २ करोड ६८ लाख ३५ हजार रुपैयाँ विनियोजित गरेको छ । गाउँपालिकाले पालिका भित्रका विद्यालयहरुमा केही अनुदान प्रदान गरी एउटै पोशाक बनाउने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए ।

त्यस्तै गाउँपालिकाले विपन्न परिवारको लागि स्वास्थ बीमा कार्यक्रम सञ्चालन गर्ने, शून्य होमडेलीभरी घोषणा अन्तर्गत अण्डा तथा पोषण प्रोत्साहनलाई प्राथमिकता दिने, शिशु मृत्युदर घटाउन जन्म भएको पहिलो चौविस घण्टामा, ३ दिनमा र ७ दिनमा घर–घरमा गएर स्वास्थ्य परीक्षण गर्ने तथा एम्बुलेन्स खरिद गर्ने कार्यक्रम राखेको गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालले बताए । गाउँपालिका अध्यक्ष नुनबहादुर थापाको अध्यक्षमा भएको गाउँ सभामा गाउँपालिका उपाध्यक्ष भागरथी भट्टराईले बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *