पूण्य भूमि रेसुङ्गा

 सुनिता कंडेल
खै कहाँबाट शुरु गरु ? रेसुङ्गाको लोभलाग्दा सुन्दर दृश्य दिमागमा नाचिरहेका छन्, लेख्ने कलम चलिरहेको छैन् । मैले लेख्ने शब्दमा अट्दैनन्, मैले गर्ने बयानले पुग्दैन् । गुल्मी जिल्लाको गौरवको रुपमा रहेको रेसुङ्गा आफैमा एउटा परिचित र हरेक सौन्र्दयले भरिपूर्ण छ । जिल्ला सदरमुकाम तम्घासलाई काखैमा राखेर आफु शिरमा बसेको रेसुङ्गाले गुल्मीलाई चिनाएको छ । गुल्मी आउने नव आगन्तुले घुम्ने अवलोकन गर्ने गौरवशाली पुण्य भूमि रेसुङ्गा हो । धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्वले भरिपूर्ण रेसुङ्गाको महत्व र यसको प्राचीन इतिहास खोज्ने हो भने एउटा किताब बन्छ । यहाँ धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा रहेको रेसुङ्गामा पुग्नै पर्ने कारणहरुको समग्र पक्षलाई संक्षेपमा चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।

रेसुङ्गाको महत्व कति भन्ने लेखेका शब्दले मात्रै होइन त्यहाँ पुग्नेहरुले गर्ने बयानले पनि सार्थक पार्दछ । सधँै बादलको घुम्टो ओढेर चारैतिरबाट आउनेहरुलाई स्वागत गर्न बसेको रेसुङ्गमा पुग्नेहरु गर्वले भन्छन्, साच्चिकै विचित्र छ रेसुङ्ग । हामीलाई चिनाएको छ, रेसुङ्गाले गुल्मीलाई चिनाएको छ । मैले लेख्ने शब्दमा नअटाउने मैले गर्ने बयानले नपुग्ने स्वर्गको एक टुक्रा रेसुङ्गा गुल्मीको गौरव हो । रेसुङ्गा धर्मिक, ऐतिहासिक, पर्यटकीय हिसावले महत्वपूर्ण छ । प्राचिन युगमा धेरै ऋषि महार्षिहरुले तपस्या गरेको हुनाले यस ठाउँको नाम रेसुङ्गा रहन गएको मान्यता पनि रहि आएको छ । रेसुङ्गालाई आध्यात्मिक र धार्मिक तपोभूमिको रुपमा पनि लिइन्छ । सदरमुकाम तम्घासबाट करिब ३० मिनेटको गाडिको यात्रा पछि उक्त स्थानमा पुग्न सकिन्छ । समुन्द्री सतहबाट २ हजार ३ सय ४० मिटरको उचाइमा रहेको रेसुङ्गा धार्मिक, ऐतिहासिक, पर्यटकीय तपोभूमी मात्र नभएर जैविक विविधताले पनि भरिपूर्ण क्षेत्र मानिन्छ  । केहि वर्ष यता रेसुङ्गामा सवारीका साधन जान थालेका छन्, तर गाडीको यात्रामा पुरै रेसुङ्गासम्म पुग्न सकिदैनन् । रेसुङ्गा क्षेत्रको पर्यटकीय सौन्दर्यलाई जोगाउन पोखरीसम्म सवारी साधनमा पुग्न सकिन्छ, भने करिब २० मिनेटको उकालो पैदलयात्रा पछि मुख्य गन्तव्य स्थलमा पुगिन्छ । माथि चुचरो पुगेपछि जो कोहि स्वच्छ हावापानी, सुन्दर पहाडका चुचुराहरु र वरिपरिको मनोरम दृष्य हेर्दै रमाउछन् । त्यहाँ रहेको भ्यूटावरबाट विभिन्न मनमोहक दृश्य देख्न सकिन्छ । गुल्मीका विभिन्न स्थानसँगै पाल्पा, स्याङ्जा, अर्घाखाँची र बाग्लुङ जिल्लाका विभिन्न ऐतिहासिक दृश्य अवलोकन गर्न सकिन्छ । धौलागिरी, निलगिरी, माछापुच्छ्र्रे जस्ता हिम श्रृङ्खलाहरु पनि रेसुङ्गाबाट देख्न सकिन्छ । धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलको प्रचार प्रसार गर्न ऐतिहासिक तपोभुमी रेसुङ्गामा बेला बेलामा लाग्ने मेलाले अर्को यसको गरिमा बढाउछ । सदरमुकाम तम्घासबाट अग्लो शिरमा पर्ने पूण्य भूमि रेसुङ्गामा साउनभर एक महिनासम्म मेलासँगै पूजाआजा हुने गर्नाले रेसुङ्गाको गरिमा बढाएको छ । साउन महिना बाहेक अन्य दिनहरुमा दैनिक पूजा हुने गर्दछ । नेपालकै चार धाम मध्येकै एक धाम पर्ने धार्मिक स्थल रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता रहिआएको छ । रेसुङ्गामा द्वापर युग, त्रेतायुगदेखि नै यसको महत्व रहेको विभिन्न धर्मग्रन्थहरुमा उल्लेख पनि रहिआएको छ । सिद्धभूमि, तपोभूमि महार्षी भूमि जहाँ धेरै ऋषि महार्षिहरुले तपस्या प्राप्त गरेको इतिहास हाम्रो माझ रही आएको छ । ऋषि श्रृं·ेश्वर, यदुकानन्द, रामचन्द्र जस्ता धेरै ऋृषि महार्षिहरुको तपस्या स्थल रेसुङ्गाको महत्व धेरै वेदपुराणहरुमा समेत उल्लेख छ । द्वापरयुगदेखि नै सिद्धस्थल बनेको रेसुङ्गा विभिन्न काल खण्डहरु पार गर्दै अहिले सुन्दर, पूण्य भूमि बनेको छ । रेसुङ्गामा धेरै महार्षीहरुको तपस्या पछि २०४१ सालमा योगी नरहरिनाथको आगमनसँगै धेरै महत्व बाहिर आएको बताइन्छ । नरहरिनाथले १ महिनासम्म होम गरेर यसको गरिमालाई माथी ल्याउन विशेष भूमिका रहेको उल्लेख छ । उनले यस क्षेत्रको लागि ३६ हजार पैसा र २१ वटा गाई छोडेर गएसँगै गौशाला र रेसुङ्गामा विशेष रुपमा निरन्तर पूजा हुँदै आएको बताइन्छ । हाल निरन्तर पूजाँ हुँदै आएको छ । रेसुङ्गाको साच्चिकै महत्व मात्रै उल्लेख गर्ने हो भने धेरै लामो इतिहास बन्छ । रेसुङ्गामा विभिन्न मनमोहक मन्दिरहरु रहिआएका छन् ।

रेसुङ्गामा राणकालमा धेरै राजाहरुले पनि राज्यको निम्ति विभिन्न कामहरु गर्न लगाएको जस्ता भनाईहरु सुन्नमा आउछन् । रेसुङ्गा साच्चिकै आन्नदित छ यहाँ फूलले होइन ढुंगा माटोले पनि बासना छरेको छ । यहाँका विभिन्न बोटहरुले यस क्षेत्रको बुट्टा भरेको छ त्यसैले त यहाँ पुग्ने भन्छन् यो हामीले नदेखेको स्वर्ग हो जुन यस्तै आनन्दित हुँनेछ । ३१ सय हेक्टरमा फैलिएको रेसुङ्गा वन क्षेत्रमा ठूलो जंगल जसले यस क्षेत्रको प्राकृतिक सौन्र्दयता बोकेको छ । १ सय बढी खानेपानीका मुहानहरु रहेको रेसुङ्गामा धेरै प्रजातिका चराहरु, उत्तिकै प्रजातिका अन्य वन्य जन्तुहरु, बहुमूल्य जातका जडिवुटिले भरिएको पूण्य भूमि रेसुङ्गा हेर्दा घुम्दा मनै आनन्दित हुन्छ । तनावले भरिएर पुग्ने जो कोही पूण्य भूमि रेसुङ्गाको सुन्दरताले मनै लोभिएर फर्किेने गर्दछन् । हाल नगर र गाउँपालिकाहरुमा स्वच्छ पिउने पानी पु¥याएको रेसु·ाको गरिमा महत्व हिजो पनि उत्तिकै थियो र आज पनि उत्तिकै रहिआएको छ । सधंै बादलको घुम्टो ओडेर बसेको रेसुङ्गा काखैमा तम्घास बजार हुनुले यसको शिर अझ माथि रहेको छ । यसको अझ बढी प्रचार–प्रसार गर्न सकेमा यहाँ आन्तरिक तथा बाÞय पर्यटकहरु भित्रिने ठूलो सम्भावना छ । पूण्य भूमि रेसुङ्गाको महत्वलाई अझ बढाउन यस क्षेत्रको बाटोसँगै विकास निर्माणको पक्षलाई विशेष ध्यान दिनुपर्ने छ । रेसुङ्गा नामले मात्रै होइन प्राकृतिक सौन्र्दयले पनि भरिपूर्ण छ । पूण्य भूमि रेसुङ्गा नामले धेरै संघ–संस्थाहरु जोडिएका छन् । त्यसले रेसुङ्गाको नाम र यसको महत्व कति रहेछ भन्ने दर्साएको छ ।
रेसु·ासँगै रहेको गौशालामा योगी नरहरिनाथले हवन गरेर छोडेका गाईलाई व्यवस्थित रुपमा पाल्नको लागि २०४२ सालदेखि गाईहरु पाल्न थालिएको हो । लामो समयदेखि यस क्षेत्रमा सदरमुकाम तम्घास वासी र छिमेकी गाउँपालिकाबाट मानिसहरुले ति गाईको रेखदेख गर्ने गरेका छन् । बेला बखतमा विभिन्न पर्व तिथी पारेर ती गाई गोरुलाई घाँस तथा नुन तेलहरु पनि यस क्षेत्रका स्थानीयले उठाउने गरेका पनि छन् । हिन्दुधर्ममा गाईको महत्व धेरै रहेको छ । गाईको पिसाबलाई शुद्ध गहुत मानेर पुजाआजामा प्रयोग गरिने हुनाले पनि गाईको महत्व धेरै रहेको छ । रेसुङ्गामा स्थानीयले पितृहरुको मनोकांक्षा पूरा गर्न भन्दै गाईदान गरेर छोड्ने प्रचलन पनि छ । गाउँमा गाईहरु पाल्ने प्रचलन घट्दै गएपनि रेसुङ्गागामा रहेको गौशालमा व्यवस्थित रुपमा गाईहरु पालिदै आएको छ । यसले पनि रेसुङ्गा क्षेत्रको गरिमालाई उचो बनाएको छ । गौशालामा पालिएका स्थानीय जातका गाईहरु रेसुङ्गासंरक्षण समितिको संरक्षणमा पालिएका छन् । रेसुङ्गा आफैमा पूण्य भूमि भएपनि यसलाई थप महत्व बुझाउनको निम्ति यस क्षेत्रमा केहि विकासका कामहरु पूरा गर्नुपर्ने हुन्छ । जिल्ला बाहिर पनि रेसुङ्गाको व्यापक प्रचार–प्रसारको आवश्यकता छ । यसो गरेमा बाÞय पर्यटनको आगमन भई गुल्मेलीको शिर अझ उचो हुनेछ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *