पाल्पा हुलाकले डाँक ढुवानी बसमार्फत गर्ने

पाल्पा, चैत १५/जिल्ला हुलाक कार्यालय पाल्पाले डाँक ढुवानी बसमार्फत गर्ने भएको छ ।
जिल्ला सदरमुकाम तानसेनदेखि रामपुर र छहरा रुटमा पश्चिम नेपाल बस व्यवसायी संघका बसमार्फत डाँक ढुवानी सेवा सञ्चालन गर्ने भएको हो । पश्चिम नेपाल बस व्यवसायी संघ रुपन्देही बुटवल र पश्चिमाञ्चल क्षेत्रीय हुलाक निर्देशनालय कास्की पोखराबीच डाँक ढुवानीका निम्ति सम्झौता भएको जिल्ला हुलाक कार्यालयले जनाएको छ । हुलाक अधिकृत खेतबहादुर खत्रीका अनुसार यही चैत २० गतेबाट यो सेवा सुरु हुनेछ । सेवा शुरु भएसंगै डाँक वस्तु आदान–प्रदानमा शिघ्रता, विश्वासनियता र सुरक्षामा अभिवृद्धी हुने उनले बताए ।
विगतमा हुलाकी मार्फत चिठीपत्र लगायत अन्य डकुमेण्ट आदान–प्रदान गर्दा सेवा प्रवाहमा गुनासो आउने गरेको र उक्त गुनासो सम्बोधन गर्न बसमार्फत डाँक आदान–प्रदान गर्न लागिएको हुलाक कार्यालयले जनाएको छ । डाँक ढुवानी शुरु भएसंगै बसमार्फत दैनिक चिठीपत्र लगायतका डकुमेण्ट आदान–प्रदान हुनेछन् ।

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *