पाल्पा महोत्सवको आयव्यय विवरण सार्वजनिक

पाल्पा : पाल्पा महोत्सव–२०७१ को आयव्यय विवरण सार्वजनिक गरिएको छ । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला मूलआयोजक समितिका संयोजक राजु महर्जनले महोत्सवमा भएको आयव्यय विवरण प्रस्तुत गर्दै सार्वजनिक गरेका हुन् । शुक्रबार एक कार्यक्रमका बीच अध्यक्ष महर्जनले ८४ लाख ९० हजार ७ सय २३ रुपैयाँ आम्दानी भएको र त्यसमध्ये विभिन्न शिर्षकहरुमा ४९ लाख ५७ हजार चार सय ५९ रुपैयाँ खर्च भएको जानकरी गराउँदै दुई लाख ६० हजार उठ्न बाँकी रहेको बताए । उनले बैंक मौज्दातमा ३२ लाख ७३ हजार दुई सय ६३ रुपैयाँ रहेको बताए । पाल्पा महोत्सव–२०७१ फागुन १ गतेदेखि १० गतेसम्म तानसेनको टुँडिखेलमा संचालन भएको थियो ।

Palpa udhyog banijya sangh

आयव्यय विवरण सार्वजनिक गर्दै पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन ।

  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *