पाल्पा प्यारागनद्वारा बीमा रकम हस्तान्तरण

पाल्पा, पुस १३/जिल्लामा रहेको पाल्पा प्यारागन बोर्डिङ्ग स्कूलले विद्यार्थीहरुलाई दुर्घटना बीमा रकम हस्तान्तरण गरेको छ ।

विद्यालयले युकेजीमा अध्ययनरत दिवस राना र कक्षा २ मा अध्ययनरत कस्मि ढेंगाका अभिभावकलाई बीमा रकम हस्तान्तरण गरेको हो । नेको इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत विद्यालयले बिहीबार अभिभाकलाई रकम हस्तान्तरण गरेको विद्यालयले जनाएको छ ।

 

विद्यालयका प्रिन्सिपल गंगाबहादुर खत्रीले विद्यार्थी रानाको अभिभावक नामकुमारी रानालाई तीन हजार ३१ र ढेंगाका अभिभावक लीलाश्वरा ढेंगालाई दुई हजार एक सय बिस रुपैयाँ बीमा रकम हस्तान्तरण गरेका हुन् । दुर्घटनाबाट जोखिम बहन गर्न सम्पूर्ण विद्यार्थीहरुको दुर्घटना बीमा गरिदिएको प्रिन्सिपल खत्रीले जानकारी दिए । विद्यालयले तीन सय पँचास जना विद्यार्थीहरुको दुर्घटना बीमा गरिदिएको छ ।

  • 44
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    44
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *