पाल्पा उद्योग वाणिज्य संघको निर्वाचनमा मोहन विजयी

पाल्पा, पाल्पाका उद्योगी तथा व्यवसायीहरुको संस्था पाल्पा उद्योग वाणिज्य संघको शनिबार भएको निर्वाचनमा मोहनप्रसाद श्रेष्ठ अध्यक्ष पदमा विजयी भएका छन् ।
श्रेष्ठले ४ सय २६ मत ल्याएका थिए भने उनका निकटतम् प्रतिद्वन्दी भीमसेन कार्कीले ३ सय ६९ मत प्राप्त गरेका थिए । यस्तै अध्यक्षका अर्का उम्मेद्वार भूगोल वैजुले ३९ मत प्राप्त गरेका थिए । १३ मत बद्र भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको परिणाम घोषणासंगै नवनिर्वाचित अध्यक्ष मोहनप्रसाद श्रेष्ठले, आफूले जिल्लाका उद्योगी तथा व्यवसायीहरुको भावनाको कद्र गर्दै संघलाई अगाडि बढाउने बताए । श्रेष्ठले जिल्लाको समग्र विकासमा सबैको सहयोग र अग्रजहरुको सल्लाहबाट काम गर्ने प्रतिवद्धता व्यक्त गरे । आयोगले दिएको जानकारी अनुसार कूल मतदाता संख्या ९ सय ४२ मध्ये ८ सय ४७ (८९.९१%) मत खसेको हो । निकटतम् प्रतिद्वन्दी भीमसेन कार्कीले मतदाताहरुलाई आभार व्यक्त गर्दै, आफू सदैव उद्योगी तथा व्यवसायीको पक्षमा काम गर्दै समग्र जिल्लाको विकासमा लाग्ने धारणाव्यक्त गरे । कार्कीले भने, यो लोकतान्त्रिक अभ्यासमा विजयी हुने साथीहरु प्रति बधाई ज्ञापन गर्दछु, मतदाताहरुको भावनाको कद्र गर्दै अगाडि बढ्ने छु, । मोहन श्रेष्ठले प्रजातान्त्रिक समूहको प्रतिनिधित्व गर्दै उम्मेद्वारी दिएका थिए भने भीमसेन कार्कीलाई प्रगतिशील समूहको समर्थन रहेको थियो । पाल्पा उद्योग वाणिज्य संघको इतिहासमै प्रगतिशील समूहको समर्थन पाएका उम्मेद्वारले प्राप्त गरेको मत यो पटक अत्यान्तै सम्मान जनक भएको विश्लेषकहरुको धारणा छ । स्वतन्त्र उम्मेद्वारका रुपमा अगाडि आएका भूगोल वैजु पाल्पा उद्योग वाणिज्य संघमा पुराना र अनुभवि युवा मानिन्छन् । निर्वाचनको परिणाम सुनाउँदै जानकारी दिंदै, आयोगले वाणिज्य उपाध्यक्षमा शैलेन्द्र भट्टराई (निर्विरोध) उद्योग उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ (निर्विरोध) क्षेत्र २ बाट सदस्यमा ईश्वरप्रसाद श्रेष्ठ र दीपक ढुंगाना (निर्विरोध), क्षेत्र ३ मा दुई सदस्यका लागि भएको निर्वाचनमा कमलबहादुर थापा क्षेत्रीले ४७ मत र विष्णुप्रसाद न्यौपानेले ३५ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्दीहरु खुमप्रसाद पोख्रेलले १८ र नित्यानन्द पोख्रेलले ८ मत ल्याएका थिए । क्षेत्र ४ मा दुई सदस्यका लागि भएको निर्वाचनमा श्रीप्रकाश ढुंगानाले ३४ र दुश्यान्त भण्डारीले ३४ मत ल्याएर विजयी भएका छन् भने उनका निकतम प्रतिद्वन्दी मन्जु रेग्मीले २५ र कपिलकृष्ण कार्कीले २१ मत प्राप्त गरेका थिए । क्षेत्र ५ मा दुई सदस्य प्रविनराज शाक्य र विनायक मर्हजन निर्विरोध निर्वाचित भएका छन् । क्षेत्र ६ मा दुई सदस्यका लागि रुपेश मर्हजनले ७३ र अशोककुमार बिकले ५३ मत प्राप्त गरेर विजयी भएका छन् ।
यस्तै उनका प्रतिद्वन्दी लक्ष्मणप्रसाद रेग्मीले ४३ मत प्राप्त गरे । क्षेत्र ७ मा दुई सदस्यका लागि भएको निर्वाचनमा सुरेन्द्र कर्माचार्यले १ सय ३२ र गोविन्द सिंह कार्कीले १ सय ३ मत प्राप्त गरेर विजयी भए । उनका प्रतिद्वन्दी अन्जन ज्ञवालीले ५६, थानेश्वर गैरेले ५४ र कमल श्रेष्ठले ३९ मत प्राप्त गरे । क्षेत्र ८ को एक सदस्यका लागि भएको निर्वाचनमा राजिव श्रेष्ठले १९ मत प्राप्त गरेर विजयी भएका छन् भने उनका प्रतिद्वन्दी रमेशराज बज्राचार्यले १७ र प्रज्वलराज शाक्यले २ मत प्राप्त गरेका थिए । क्षेत्र ९को एक सदस्यका लागि भएको निर्वाचनमा समिरमान सिंहले १३ मत प्राप्त परेर विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्दी रविमोहन मलेपतिले ९ मत प्राप्त गरे । क्षेत्र १० बाट एक सदस्यका लागि दीपकप्रसाद पाण्डेय निर्विरोध निर्वाचित भए । क्षेत्र ११ बाट एक सदस्यका लागि ओमध्वज राजलवटले २० मत प्राप्त गरेर विजयी भएका छन् भने उनका निकटत् प्रतिद्वन्दी कृष्णमान बज्राचार्यले १२, सुशिल प्रधानले ९ र वाबुरत्न शाक्यले ८ मत प्राप्त गरे । क्षेत्र १२ मा दुई सदस्यका लागि भीमबहादुर श्रेष्ठ र प्रेम श्रेष्ठ निर्विरोध निर्वाचित भए । क्षेत्र १३ मा एक सदस्यका लागि भएको निर्वाचनमा वसन्तलाल बज्राचार्यले २२ मत प्राप्त गरेर विजयी भएका छन् भने उनका निकत्म प्रतिद्वन्दी देवेन्द्रलाल प्रधानले १७ मत प्राप्त गरे । उस्तै एशासिएट सदस्यमा विष्णुमान बज्राचार्य निर्विरोध निर्वाचित भएका छन् ।

  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares