पाल्पाली लेवल

नेपाल राष्ट्र बैंकले पाल्पा जिल्लामा लगानीका सम्भावना बारे छलफल गरेर नयाँ निचोड निकाल्नका लागि हालै आयोजना गरेको कार्यक्रममा पाल्पाली ढाका र करुवालाई बजारीकरण कसरी गर्ने भन्ने विषयमा व्यापक बहस भयो । यी दुवै उत्पादनहरु पाल्पाली भनिएता पनि कतिपय व्यवसायीहरुले दुवै वस्तु बाहिर बनाएर ल्याउने अनि पाल्पाली लेवल लगाएर बेचेको भन्ने विषयमा खुलेर छलफल भयो । यी र यस्ता अवधारणापछि पाल्पाली करुवा तथा ढाका व्यवसायीहरुले यथार्थतामा आधारित लेवलीकरण गर्नुपर्ने बेला आयो कि भन्ने भान हुन थालेको छ ।
पाल्पा जिल्लाको वर्तमान आर्थिक स्थिति र सम्भावना, विषयमा आयोजित छलफलका प्रमुख वक्ता नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरन्जवी नेपालले, पाल्पालीहरु हुनका लागि पाल्पाली ब्राण्डलाई विश्वव्यापी बनाउनु पर्ने कुरामा जोड दिँदै गर्दा, पाल्पाली करुवा र ढाकाको लेवलीकरणका विषयमा अत्यान्त्यै गहिरोसंग स्मरण हुन थाल्यो । हुन त कतिपय बहुराष्ट्रिय उत्पादनहरुको ब्राण्ड नै बिक्ने गरेको यथार्थतालाई स्मरण गर्ने हो भने, पाल्पाली ढाका भनेर बिक्री गरिने ढाका भारतीय बजारबाट ल्याइन्छ र पाल्पाली यस्तो बहुप्रचारित कासको करुवा पोखरामा उत्पादन हुन्छ,। तितो यथार्थताले हामी कतिदिनसम्म व्राण्ड बेचेर बाच्न सक्छौं ? भन्ने समस्या हामी माँझ विद्धमान नै छ । घरेलु हस्तकलाको क्षेत्रमा यसले कमाएको नामलाई गुमनाम गर्ने काममा सबै ढाका व्यवसायी संलग्न नभएको भएता पनि यस्तो काममा लाग्ने र खास पाल्पाली ढाका र पाल्पाली करुवाको नाममा नक्कली ढाकाको कारोवार गर्ने प्रक्रियालाई हामी आफैले समयमै रोकेनौं भने, भोली हाम्रो संसारव्यापी ब्राण्ड वदनाम हुने खतरा बढ्न सक्छ ।
पाल्पाको पर्यटन विकास र यहाँको कुटिर उद्योगलाई बढवा दिने नाममा क्षणभरका लागि आर्थिक लाभ हुने देखेर यसको शताब्दीयौं, पुरानो छविलाई बिग्रन नदिनका लागि यहाँका व्यवसायीहरुले चिन्ता गर्नुपर्ने बेला आएको छ । नेपालमा आर्थिक वृद्धिदर न्यून मात्रामा भएको अवस्था र नाकावन्दी लम्बीयो भने यो अझै कम हुने खतरा बढेको बेला पाल्पालीका लागि आन्तरिक पर्यटन नै सबै भन्दा महत्वपूर्ण आयको स्रोत हुनसक्छ । त्यसका लागि हामी पाल्पालीले उत्पादन गरेको पाल्पाली ढाका र पाल्पाली करुवा हामै्र पाखुरीबाट उत्पादन भएको भए सुनमा सुगन्ध हुने थियो । तर खतराबाट उन्मुक्त हामी कोही पनि छैनौ, पाल्पा विशेष गरेर तानसेन दिनप्रति दिन खस्किदै हुनुका कारणहरु मध्ये यो पनि महŒवपूर्ण कारण भएकाले आगामी दिनमा हामी हाम्रो उत्पादन र त्यसको लेवली करणमा जे हो, त्यहीको अवस्थाबाट अगाडि बढ्नु नै आजको आवश्यकता हो  ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *