पाल्पामा २१.६ प्रतिशत जनता बहुआयमिक गरिबीको रेखामुनि

रामचन्द्र रायमाझी
पाल्पा, मंसिर १८/
प्रदेश पाँचका १२ जिल्ला मध्ये पाल्पामा २१.६ प्रतिशत जनता बहुआयमिक गरिबीको रेखामुनि रहेको पाईन्छ । दुई लाख ६१ हजार १ सय ८० जनसंख्या मध्ये २१.६ प्रतिशत जनता गरिबीको रेखामा रहेका हुन् । राष्ट्रिय योजना आयोगको पछिलो तथ्यांक अनुसार पाल्पाको बहुआयमिक गरिबीको प्रतिशत २१.६ रहेको हो । बहुआयामिक गरिबीले पोषण, बाल मृत्युदर, शिक्षा, खाना पकाउने इन्धन, सरसफाई, खानेपानी सुविधा, विजुली, भुइँ तथा छानाको अवस्था र सम्पतिको स्वामित्व आदिलाई समेटेको छ । प्रदेशमा १५ लाख नागरिक बहुआयामिक गरिबीको रेखामा रहेका छन् । यो प्रदेश बुआयमिक गरिबीको दोस्रो स्थानमा रहेको छ । प्रदेशलाई संख्यामक रुपमा दोस्रो बहुआयामिक गरिबी भएको प्रदेशका रुपमा लिइएको पाईन्छ । गरिबीको अनुपात २९.९ प्रतिशत रहेको छ, जुन राष्ट्रिय औसत २८.६ प्रतिशत भदा बढी हो । प्रदेश ५ मा ४४ लाख ९९ हजार २ सय ७२ जनसंख्या रहेको छ । यो प्रदेशको बहुआयामिक गरिबीको सूचक ०.१३३ रहेको छ जुन राष्ट्रिय औषत ०.१२७ भदा बढी हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *