पाल्पामा अस्पताल भित्रबाटै नवजात शिशु गायब

पाल्पा,असार २७/ लुम्बिनी मेडिकल कलेज पाल्पाबाट नवजात शिशु गायब भएको छ । एक महिलाले अस्पतालमै सुत्केरी भई जन्माएको बच्चा चार घण्टापछि गायब भएको हो । सुत्केरी बेथा लागेर अस्पताल पुगेकी तानसेन नगरपालिका–९ सन्ढापकी २२ वर्षीया जमुना रानाले शुक्रबार विहान छोरालाई जन्म दिएकी थिईन् । सुत्केरी रानासँगै उनको आमा समेत साथमा रहेकी थिईन् । सुत्केरी जमूना अर्धचेत अवस्थामा रहेको अवस्थामा उनकी आमा छोरीलाई ज्वानोको झोल ल्याइदिन बच्चा काखमा राखेर मेडिकल कलेजकै क्याण्टीनमा गएकी थिइन् । उनीसँगै एकजना अपरिचित महिला पनि सँगै गएकी थिईन् । उनी सँगै गएकी ती परिचित महिलाले त्यो शिशु समातेको र आफुले ज्वानोको झोल लिएर छोरी समक्ष पुग्दा ती महिला नआएको सुत्केरी जमुनाकी आमाले बताईन् । लामो समय सम्म पनि शिशु लिएर नआए पछि खोजि कार्य गरिएको सुत्केरीकी आमाले बताईन् । घटना दिउँसो तिर भए पनि आफुहरुले साझाँ मात्र थाहा पाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए । घटाना कसरी र किन घट्यो भन्ने विषयमा अनुसन्धान भईरहेको प्रहरी नायक उपरीक्षक सापकोटाले बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *