पाल्पाको निस्दीमा विषादी च्याउ खाएर मृत्यु हुनेको संख्या तीन पुग्यो

पाल्पा, जेठ ३०/ जिल्लाको निस्दी गाउँपालिका–३,सार्कीडाँडामा गत शुक्रबार जंगली च्याउ खाएर बिरामी परेकामध्ये थप एकको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या तीन पुगेको छ । झिरुवास, सार्कीडाँडाकी १४ वर्षीया निरुतासिंह ठकुरीको उपचारको क्रममा बुधबार राति काठमाडौंमा मृत्यु भएको हो । च्याउ खाएर बिरामी परेकी उनलाई मध्यविन्दु अस्पताल नवपुर, चितवन हुँदै उपचारका लागि काठमाडौं लगिएको थियो । च्याउ खाएर बिरामी परेका निरुता लगायत नौ जनालाई नै काठमाडौं लगिएको हो । यसअघि उपचारकै क्रममा नौ वर्षीय निर्मला सिंह ठकुरी र चार वर्षीय विष्णु सिंह ठकुरीको चितवनमा मृत्यु भएको थियो । जंगलबाट ल्याइएको च्याउ सोही स्थानका चार घरका ११ जनाले खाएका थिए । विषादी च्याउ खाँदा उक्त परिवारका ११ जना विरामी परेका थिए, जस मध्ये तीन जनाको मृत्यु भएको हो । विरामी अन्यको उपचार भईरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •