पाल्पाका स्थानीय तहबाट १४ करोड ७५ लाख रकम बेरुजु

इमान सिं राना
पाल्पा(रामपुर),
चैत ३०/महालेखा परीक्षकको प्रतिवेदन अनुसार पाल्पाका स्थानीय तहहरुमा ५८ लाख देखि ३ करोड ६८ लाख सम्मको बेरुजु भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५६ औं प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७४/०७५ मा १० स्थानीय तहमा १४ करोड ७५ लाख १७ हजार रुपैयाँ बराबरको रकम बेरुजु भेटिएको हो ।
जिल्लाका स्थानीय तह मध्ये सबै भन्दा धेरै रैनादेवी छहरा गाउँपालिकाको र सबै भन्दा थोरै बगनासकाली गाउँपालिकाको रहेको पाईएको छ । जसमा रैनादेवी छहरा गाउँपालिकाको ३ करोड ६८ लाख ६ हजार, रामपुर नगरपालिकाको ३ करोड ३ लाख ८८ हजार, रिव्दिकोट गाउँपालिकाको १ करोड ३९ लाख ३१ हजार, रम्भा गाउँपालिकाको १ करोड २४ लाख २४ हजार, माथागढी गाउँपालिकाको १ करोड २० लाख ६७ हजार, निस्दी गाउँपालिकाको १ करोड ८ लाख ३६ हजार, पूर्वखोला गाउँपालिकाको ९१ लाख १६ हजार, तिनाउँ गाउँपालिकाको ८८ लाख १५ हजार, तानसेन नगरपालिकाको ७२ लाख ६८ हजार र बगनासकाली गाउँपालिकाको ५८ लाख ६६ हजार भेटिएको हो । आर्थिक कार्यविधि ऐन, २०५५ को दफा २(द) मा प्रचलित कानुनबमोजिम पु¥याउनुपर्ने रीत नपु¥याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औँल्याइएको वा ठह¥याएको कारोबारलाई बेरुजूको रुपमा परिभाषित गरेको छ । आर्थिक कार्यविधि ऐन, २०५५ ले बेरुजूलाई असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेस्की गरी ३ वर्गमा वर्गीकरण गरेको छ ।महालेखा परीक्षकको कार्यालयले बेरुजू वर्गीकरण गर्दा असुल गर्नुपर्ने बेरुजूमा हिनामिना र मस्यौट, हानि नोक्सानी र अन्य असुल गर्नुपर्ने गरी ३ समूहमा, नियमित गर्नुपर्ने बेरुजूलाई अनियमित भएको, प्रमाण कागजात पेस नभएको, जिम्मेवारी नसारेको र शोधभर्ना नलिएको गरी ४ समूहमा र पेस्कीलाई कर्मचारी, मोबिलाइजेसन, प्रतीतपत्र र संस्थागत पेस्की गरी ४ समूहमा वर्गीकरण गरेको छ ।

  • 200
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    200
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *