पार्टी बलियो बनाउनका लागि चलायमान: सभापति राना

पाल्पा, कार्तिक १९/ प्रदेश सांसद तथा नेपाली कांग्रेस जिल्ला सभापति वीरबहदुर रानाले पार्टी बलियो बनाउन चलायमान हुनुपर्ने बताएका छन् । पाल्पाको रामपुरमा नेपाली काँग्रेस रामपुर नगरपालिका ४ ले आयोजना गरेको विजया दशमी तथा शुभदिपावलिको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै सभापति रानाले पार्टीलाई अगाडि बढाउन संगठन चलायमान हुनुपर्ने बताएका हुन् । उनले हरेक वस्ती वस्तीमा पुगेर काम गर्नुपर्ने भन्दै तल्लो तहदेखि केन्द्रसम्म पार्टीको संरचना तयार गर्नु पर्नेमा जोड दिए । सभापति रानाले नेपाली काँग्रेस संख्यात्मक रुपमा पछाडी रहे पनि विचार र बौद्धिक रुपमा सधै अगाडि रहेको तर्क गरे । कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, नेपाली काँग्रेस महासमिति सदस्य ज्ञानबहादुर गाहा, महाधिवेशन प्रतिनिधि विष्णुमाया ढकाल, पार्टी सचिव झपेन्द्र गहिरे, जिल्ला सदस्य कृष्ण अधिकारी, युवा नेता हिमालदत्त श्रेष्ठ, नगर सभापति नेत्रप्रसाद भट्टराई लगायतले नेपाली काँग्रेसको संगठन बलियो बनाउनु पर्ने मा जोड दिए । कार्यक्रममा सहभागीले पालैपालो एक आपसमा विजयादशमी तथा शुभदिपावलीको अवसरमा शुभकामना आदानप्रदान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि रानालाई मायाको चिनो पाल्पाली करुवा , ढाकाटोपिले सम्मान गरिएको थियो । वडा उपाध्यक्ष मकबुल मियाको स्वागत, वडा सभापति वसन्तराम ठाडाको अध्यक्षता र कार्यक्रमको सञ्चालन वडा सचिव पार्वती परियारले गरेकी थिइन् ।

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *