पहिरोमा पुरिएर एकको मृत्यु, पाँच घाइते

गुल्मी, गुल्मीको शान्तिपुरमा मंगलबार राती मध्ये रातमा गएको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने घटनामा पाँच जना घाइते भएका छन् ।
राती चट्याङ सहित परेको पानीले शान्तिपुर १ बजारमै पहिरो खस्दा जुनिया गाविस ५ घर भै शान्तिपुर १ मा बस्दै आएका ३१ वर्ष दूर्गाबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । पहिरोले जुनिया ५ कै वर्ष ३५ का खेमराज थापा, उनकी श्रीमती ३२ वर्षिय सुनिता थापा, ७ वर्षिय छोरी वर्षा थापा, ३ वर्षकी हिरा थापा र दिब्रुङ ६ का ३१ वर्षिय दीपक मगर घाइते भएको प्रहरीले जनाएको छ । राती १२ बजे पहिरो खसेपछि पहिरोमा च्यापिएकालाई स्थानीय र प्रहरीले तत्काल उद्दार गर्दा ५ जनालाई बचाएका थिए । अर्कोतर्पm सुतेका ग्रिल उद्योग संचालक दुर्गाको तत्काल उद्दार गर्न नसक्दा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्गाले ५ वर्षदेखि शान्तिपुर बजारमा ग्रिल उद्योग चलाउँदै आएका थिए । घाइतेहरुको शान्तिपुर स्थित स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares