पहिरोका कारण अबरुद्ध सिद्धाबाबा सडक एकतर्फी खुल्यो

पाल्पा, बैशाख ३१/ पहिरोका कारण अबरुद्ध पाल्पा –बुटवल सडक खण्ड अन्तरगत पर्ने सिद्धाबाबा क्षेत्र एघार घण्टापछि एकतर्फी रुपमा खुलेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका वडा नंं ३ हेडबक्स भन्ने ठाउँमा माथिबाट सडकमा पहिरो खसेपछि राति २ बजेदेखि यातायात सेवा अवरुद्ध भएको थियो । अवरुद्ध सडक खुलाउन बिहान ७ बजेबाट दुई वटा डोजर र एउटा क्रेन प्रयोग भएका थिए । पहिरो पन्छाउने क्रममा माथिबाट पहिरो खस्ने क्रम नरोकिएपछि सडक खुल्न ढिलाई भएको थियो । पहिरो खस्न रोकिएपछि दिउँसो एक बजेबाट एकतर्फी रुपमा सडक खुलेको ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुई तर्फी यातायात सञ्चालन हुने अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा बुटवलबाट पाल्पा हुँदै विभिन्न जिल्लामा जाने र विभिन्न जिल्लाहरुबाट बुटवल, काठमाडौं जाने सयौं सवारीसाधनको लामो लाइन लागेको थियो ।

  • 165
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    165
    Shares