पहिचान गुमाउँदै पाल्पा

लालकाजी शाक्य

इतिहास बोकेको पाल्पा आफ्नै कारणले पछि परेको छ । त्यसैले त आफ्नो खुट्टामा आफै बञ्चरो हान्न उद्त देखिन्छ पाल्पा भनेर जिल्लावासीले यत्रतत्र आलोचना गर्न थालेका छन् । आज सोही उक्तीसँग मिल्दो नियती पाल्पालीले भोग्दै आएको छन् । दिनप्रति दिन बजारको खस्कदो अवस्था व्यापारीलाई मात्र होइन स्थानीय सरकार, प्रशासन, कर्मचारी सबैलाई थाहाँ छ । सबैले भाषण गर्दा पाल्पाको भविष्य प्रति सबै चिन्त व्यक्त गर्दछन् । तर जिल्लाको विकास विस्तार गर्नतर्फ कसैको पनि ध्यान जान सकेको छैन् ।

नेपालको दोस्रो नगरपालिका भएको बेला पाल्पाको रौनक नै अर्कौ थियो । नौ जिल्लाको सदरमुकाम हुँदा सम्पूर्ण सरकारी काम गर्नुपर्दा पाल्पा आउँनु पथ्र्यो । तर के गर्ने पाल्पालीको भाग्यमा दुःखको नियति भोग्नुपर्ने रहेछ । र त आज यस्तो व्यहोर्नु परेको छ । कुनै बेला शिक्षा र स्वास्थ्य, हावापानीको दृष्टिले विश्वरभर ख्याती कमाएको पाल्पाको अहिले साख दिनहुँ खस्कदै गएको छ । पाल्पालाई यो अवस्था सम्म ल्याउन राजनितिक दलहरुको ठूलो देन रहेको छ भन्दा अत्युक्ति नहोला । सबै जसो बुद्धिजिवीलाई थाहाँ भएकै कुरा हो पाल्पालाई नौ जिल्ला काटेर एक मात्र जिल्ला बनाउँनेमा ठूलो हात काँग्रेसका तत्कालिन गृहमन्त्री विशेश्वर प्रसाद कोइरालाको हो भनेर सम्पूर्ण पाल्पाली जनतालाई थाहाँ भएकै हो । २०१५ सालको चुनावपछि जिल्लाको अवस्था ओरालो बाटो लाग्दै गयो । यसलाई रोक्न न त जनताले न त सरकारले चासो देखाए । पाल्पाको अवस्था झन्–झन् गए गुज्रेको अवस्थामा पुग्दा सम्म जिल्लावासी र यहाँका सरोका वाला निकाय मौन छन् । पञ्चायत कालमा पाल्पाको सिमाना पूर्वमा नवलपुरसम्म फिजिएको थियो । त्यति ठूलो पाल्पालाई राजनीतिक चलखेलले टुक्रायो । यसको कारण यस्तो रहेको छ । पञ्चायती चुनावमा पूर्वका मगरहरुको वर्चस्व रापसमा होस् वा जिविसमा रहन्थ्यो । किनकि मगरको बाहुल्यता भएर यस्तो भएकोमा दुई मत छैन ।

हरेक पल्टको चुनावमा मगरहरुले नै जित्ने भएकाले पूर्वि पाल्पाको केहि गा.वि.स. काटेर नवलपरासीमा मिलाई दियो । त्यसपछि पनि बाँकी रहेको गा.वि.स.बाट पनि मगरले एक सिट जित्ने निश्चित प्राय भएपछि दोस्रो पटक पनि केहि गा.वि.स. काटेर हालको स्थितिमा पु¥याएकाले यसलाई राजनितिक चलखेल भएको नभनेर के भन्ने ? यसपछि पनि बजारको व्यापारीवर्ग पनि २०४७ सालपछि दुई खेमामा विभाजित भए । काँग्रेस र एमाले । दुवैले आफ्ना स्वार्थको लागि खुट्टा तान्ने काम गरे । एउटाले गरेको काम अर्कोले विरोध गर्ने भएकाले पनि पाल्पाको विकासमा ग्रहण लाग्दै गयो । यस्तै अवस्थाले गर्दा व्यापारीहरुले दुःखेसो पोख्दै, पलायनको बाटो रोजेका छन् । एक त घरवाहालले आकाश छुदै छ । अर्को तर्फ व्यापार गिर्दो छ । आफुले कमाएर २ पैसा बचाउने बेला, वाहालकर, व्यापारसंघ, स्थानीय सरकारलाई आकासिदो कर तिर्नु पर्दा २ पैसाको त के कुरा, घर घरानाबाट तिर्नुपर्ने बाध्यता छ । यस्ता विषयमा व्यापार तथा वाणिज्य संघहरुले पहल गर्नुपर्ने हो तर त्यसो भएको छैन । शिक्षाको कुरा गर्ने हो भने कुनै बेला पाल्पामा शैक्षिक अवस्था उच्च थियो । टाढा–टाढाबाट पढ्न पाल्पा आउँथे अहिले ठिक उल्टो भएको छ । यहाँका विद्यार्थी उच्च शिक्षा पढ्न, बुटवल, पोखरा, काठमाडौं गईरहेका छन् । स्वास्थ्य क्षेत्रमा पनि राजनितिकरण नभएको हैनन् । पाल्पामा सरकारी हस्पताल आवश्यक छैन भनेर हटाउँन खोज्ने पिताम्वर ध्वज खाती मन्त्री हुँदा नै हो । यसरी स्वास्थ्य क्षेत्रमा चलखेल भएकै हो । औलो लाग्ने, हैजालाग्ने, मुसेरोग लाग्ने, बुटवल आज स्वास्थ्य क्षेत्रमा दोस्रो स्थान पुग्दा पाल्पाको स्वास्थ्य क्षेत्रमा काम नहुँनु यहि राजनितिक चल खेल नभएर के हो त ? पञ्चायतीकाल देखि अहिले सम्म, जति जना जितेर सरकारमा गए । सबैले पाल्पालाई फुटबल बनाएर खेले र खेल्दै छन् । अझै कति खेल्ने हो हेर्न पाईने छ । जति नेताले जितेर सरकारमा गए सबैले आफ्नो स्वार्थ पुरा गरे तर पाल्पाको व्यपार व्यवसायलाई भने विस्तार गर्न सकेनन् । २०१५ को चुनावदेखि २०७४ सम्मको चुनावमा विजयी भएका नेताहरुको ध्यान जान सकेन । यो लेखकले साना ठूला सबै नेतालाई प्रदेश पाँचको राजधानी पाल्पा हुनुपर्छ भनेर आग्रह गरेको छ । प्रदेश पाँचको राजधानी पाल्पा हुनुपर्ने मेरो धारणा यस मानेमा होकी पहिला पाल्पा नौ जिल्लाको राजधानी–गौडा थियो । तर काग कराउदै गर्छ पिनास सुक्दै गर्छ भने झै मेरो कुनै कुरा कसैले सुनेन उल्टै बुटवललाई अस्थायी राजधानी बनाएकोमा खुसी मनाई हर्ष बढाई गरी घिरौला जत्रो नाक फुलाई घर–घरमा नेताहरुले दिपावली गरेको देखेर यो लेखकलाई लाजमर्दो भयो । अर्को सहरलाई खुसी तुल्याउन ५ नं. क्षेत्रको सदरमुकाम बुटवलमा बनाउनुपर्छ भनेर पाल्पा बजार बन्द गरेको देख्दा ऊ बेला मन कटक्क खाएको कसले पो विर्सन सकेको छ र ? बुटवललाई सदरमुकाम बनाउन एक दिने बजार बन्द गरेर आफ्नो जित ठान्ने नेताहरुले पाल्पालाई सदरमुकाम बनाउन आवाज उठाएको भए एकदिन हैन १५ दिन पनि खुसि साथ बजार वन्दगर्थे पाल्पालीले । आफ्नो स्वार्थ पुरा भएपछि सिद्धियो । यहाँका जनताले जति दुःख पाए पनि के भो र नेताहरु आफुलाई मालामाल छ । २/३ वर्षको लागि पाल्पा सरुवा भएर आउँने हाकिम, कर्मचारीलाई त यस विषयमा चासो हुने कुरै भएन आफ्नो अवधी सकेपछि फर्केर जान्छन् के चासो पाल्पालाई बनाउन ? सेनकालिन पाल्पा हेर्ने हो भने नौ जिल्लाभन्दा ठूलै पाल्पाको अधिनमा थियो । पाल्पाको इतिहास पढ्नुपर्छ पाल्पा कति विशाल थियो । पाल्पालाई खुम्चाउनु केहि हात त सेनवंशीहरुको पनि छ । आफ्ना भाई, छोरा भतिजालाई ठाउँ–ठाउँको तैनाथी दिएपछि उनीहरु स्वघोषित राजा बनेपछि पाल्पाको नक्सा खुम्चीदै गयो । विशाल पाल्पा राज्यलाई पृथ्वीनारायण, रणबहादुर, बहादुर शाह जस्ता हस्तिले हातहाल्न सकेका थिएनन् बरु मित्रता गास्न यहाँका कन्या विवाह गरेर पृथ्वीनारायण शाहले सम्बन्ध झन गहिरो बनाएको कुरा इतिहास पढ्ने विद्यार्थीलाई जानकारी होला । तर अमरसिं थापा ले झुक्याएर पाल्पाका राजा पृथ्वीपाल सेनलाई काठमाडौं बोलाएर बीचबाटामै रोकेर निहत्या बनाएर सिधैं कारोगार चलान गरेर पाल्पा कब्जा गरेको कसले बिर्सन सक्छ र । यसरी राजनैतिक चलखेल पाल्पालाई छाती माथी भयो । यस्तो अवस्था सबैलाई थाहाँ भएर पनि कसैले पाल्पालाई कसरी विकास गर्न सकिन्छ । भनेर कसैले गुरुयोजना बनाएर सार्वजनिक गरेका छैनन् कसरी हुन्छ त विकास ?

यहाँका व्यापारीको मुखमा रामराम, वगलीमा छुराको हालत जस्तै छ । यहाँको व्यापार खस्कीदै गएपछि कोही बुटवल, नारायणघाट, भैरहवा, काठमाडौं, पोखरामा घर किनेर सरिसकेका छन् । यिनैले भन्छन् पाल्पा खत्तम भयो भनेर आफु बाहिर पलायन हुने अनि पाल्पा बिग्रयो भन्नु मुखमा रामराम बगलीमा छुरा राखेको जस्तो नभए के हो त ? पाल्पाको उद्योगको हालत पनि यस्तै छ । पाल्पाली ढाका भन्दै नक्कली ढाका बेचेर, पाल्पाको करुवा पाउँन छोडेपछि । अन्य ठाउँको करुवा पाल्पाली भनेर ग्राहकलाई झुक्याएर बेचेपछि आफ्नो खुट्टामा आफ्ै बञ्चरो हानी रहेका छौं ? आफ्नो जिउँको हात्ती नदेख्ने अरुको जिउँको जुम्रा देख्नेले केपो होला र पाल्पामा खै ? पाल्पाको अवस्थाको बारेमा थुप्रै मिडियाहरुले नलेखेका, आवाज नउठाएको हैन तर के गर्ने न त नेताको आखाँ छ न त सुन्ने कान, जो कोही सत्तामा पुगे कानै चिरेका छन् । आफ्नो स्वार्थ छैन अहिले नै पेटभर्नु उनीहरुको ठूलो धर्म हो । संस्कृतिको कुरा गर्ने हो भने काठमाडौं पछि, पाल्पा दोस्रोमा गनिन्छ । यहाँको जात्रा, मेला, हेर्न टाढा–टाढाबाट मानिस आउँथे । अहिले यहाँको संस्कृति लोपउन्मुख अवस्थामा छ । आफ्नो सँकृति जोगाउनुपर्छ भनेर ठूला–ठूला सभामा कुर्लने नेताहरु काम परेको बेला गुहार माग्न गयो भने पुच्छर लुकाएर भाग्ने भैसकेका छन् । कसरी सँस्कृति को जगेर्ना गर्न सकिन्छ ? यस्तै रबैयाले गर्दा नै पाल्पा खुम्चीदै गएर तानसेनलाई नगरपालिका हैन गाउँपालिकामा नाम दर्ता गराए बेश होला । भविष्यमा तानसेन नगरपालिका, गाउँपालिका नहोला भनेर भन्न सकिने अवस्था नआउँला भन्न सकिदैन । जति लेखे पनि, जति कुरा गरे पनि नेता र प्रतिनिधिले केही गर्लान भनेर आशा गर्नु बेकार छ । यी नेता र प्रतिनिधिलाई भोट र नोट भए पुग्छ । सबै जोगी मरिजा, मेरो तुम्बा भरीजा जय पाल्पा ।

  • 63
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    63
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *