पर्यटकहरु आकर्षण गर्दै तानसेन भ्यू

रामचन्द्र रायमाझी
पाल्पा,
पश्चिमाञ्चलकै पुरानो पर्यटकीय शहर तानसेनमा होटल तथा पर्यटन व्यवसायमा लगानी बढ्दै गएको छ । तानसेनमा भित्रिने पर्यटकहरुलाई लक्षित गरी साना तथा ठूला लगानीका होटलहरु खोल्ने क्रम वर्षेनी बढेको हो । जिल्लामा यो व्यवसायमा पछिल्लो समयमा करिव चार अर्ब लगानी रहेको सम्बन्धित व्यवसायीहरु बताउँछन् । यसै क्रममा होटलहरुको भिडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ होटल तानसेन भ्यू प्रालिले । जिल्लामा आउने आन्तरिक तथा बाÞय पर्यटकहरुको आकर्षकको रुपमा होटल तानसेन भ्यू बनेको छ । पाल्पाका मेहनती युवाहरुले सयुक्त लगानीमा एक वर्ष अघिदेखि तानसेन ३ भगवतीटोलको आँखा अस्पताल नजिकै नयाँ व्यवस्थापनका साथ होटल सञ्चालनमा ल्याएका हुन् ।
लामो समयदेखि जापनमा होटल व्यवसाय सञ्चालन गर्दै आएका पाल्पाली युवा राजन रायमाझी र पाल्पा तानसेनका मोहन दर्लामीले जिल्लामा करोडका लगानीमा होटलहरु सञ्चालनमा आएपनि यहाँ आउने आन्तरिक तथा बाÞय पर्यटकरुहको सेवा सुविधा अनुरुप होटल नहुँदा पर्यटकहरु पोखरा, काठमाडौं जान बाध्य भएकाले ति पर्यटकहरुको सेवा सुविधालाई मध्येनजर गरी होटल तानसेन भ्यू प्रालि सञ्चालनमा ल्याएको बताएका छन् । एक करोडको लगानीमा खोलिएको होटलमा फरक पहिचान, फरक स्वाद सेवा सुविधाको व्यवस्थापन गरिएको व्यवस्थापक मोहन दर्लामीले बताए । तानसेनको रमणीय र शान्त वातावरणमा अवस्थित होटल तानसेन भ्यूले खाना र बास बस्ने राम्रो प्रबन्ध मिलाएको छ । होटलले जिल्लामै पहिलो लोकदोहेरी साँझ पनि सञ्चालन गरेको छ । होटलमा आउने आन्तरिक तथा बाÞय पर्यटकहरुको मनोरञ्जनका लागि दोहोरी साँझ सञ्चालनमा ल्याइएको अर्को व्यवस्थापक राजन रायमाझीले बताए । सुविधा सम्पन्न ५ कोठा सहितको होटलमा स्थानीय परिकारको स्वादसँगै इण्डियन, चाइनीज, कन्टिनेन्टलका परिकार, पार्कि·को राम्रो प्रबन्ध, सभाहल, टिभी, फ्रि वाईफाई, २४ सै घण्टा रुम सर्भिस, टुर प्याकेज, चिसोतातो पानी, लगायतका प्रशस्त सेवा सुविधा रहेको व्यवस्थापक रायमाझीले बताए । जिल्लाका धार्मिक, ऐतिहासिक, पर्यटकीय क्षेत्रको भ्रमणका लागि समेत होटलमा यातायातको व्यवस्था रहेको व्यवस्थापक दर्लामीले जानकारी दिए । होटलले सामान्य कार्यक्रमहरु र पार्टीका साथै यस क्षेत्रमा हुने विभिन्न फिल्म सुटिङ्गका कलाकारहरुका लागि समेत सेवा दिदैं आएको छ ।

  • 60
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    60
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *