पत्रकार महासंघको केन्द्रीय बैठक रानीमहलमा

कृष्ण पोखरेल
पाल्पा :  नेपाल पत्रकार महासंघले न्यूनतम पारिश्रमिक निर्धारण समितिबाट सिफारिश भएको पत्रकारको पारिश्रमिक कार्यान्वयन गर्न माग गरेको छ । सो कार्यान्वयन नभएमा सशक्त रुपमा अगाडि बढ्ने समेत निणर्य गरेको छ । पाल्पाको रानीमहल दरवारमा बुधबार भएको महासंघको दशौं केन्द्रीय समितिको बैठकले पत्रकारको पारिश्रमिक कार्यान्वयनको लागि महासंघ सशक्त भएर लाग्ने कार्यान्वयन भए नभएको अनुगमन गर्ने पनि निर्णय गरेको छ ।
सरकारले २०७३ साल साउनबाट पत्रकारहरुको न्यूनत्तम पारिश्रमिक १९ हजार ५ सय रुपैयाँ तोकेको छ । महासंघको बैठकले न्यूनतम पारिश्रमिक कार्यान्वयनको लागि मिडिया हाउसको अनुगमन र कार्यान्वयन नभए आन्दोलन सम्मका कार्यक्रम तय गनुपर्र्ने कुरामा केन्द्रीय सदस्यहरुले जोड दिए । ठूला संचार प्रतिष्ठान, निजी संचारगृह, सरकारीका संचारगृहले समेत पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोके अनुसार नदिएकोले कार्यान्वयन गर्नको लागि महासंघ आन्दोलन गर्नै परेपनि गर्न तयार हुने कुरालाई बैठकले जोड दिएको नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव उजिर मगरले जानकारी दिए । ऐतिहासिक रानीमहलमा भएको बैठकमा सूचना विभागको प्रेसपासका लागि सम्बन्धित संचारगृहले दिने शिफारिस र वास्तविकता फरक पर्ने गरेको विषयलाई अनुगमन गर्नुपर्ने कुरामा जोड दिइएको थियो ।  बैठकमा महासंघको संशोधित विधानको विषयमा समेत छलफल भएको थियो । सरकारको उदासिनताको कारण नै पत्रकारहरुको न्यूनतम पारिश्रमिक कार्यान्वनमा चुनौती भएको महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले बताए । बैठकले महासचिव उजिर मगरले महासंघको कार्यप्रगति, सांघठनिक अवस्था, भावी कार्यक्रम, कोषाध्यक्ष सूर्यमणी गौतमले आर्थिक प्रतिवेदन, सचिव ध्रुव लम्सालले न्यूनतम पारिश्रमिक कार्यान्वयन सम्बन्धी प्रस्तुत प्रतिवेदन समेत बैठकले पारित गरेको छ । कार्यक्रममा विधान संशोधन समितिका संयोजक एवं पूर्वअध्यक्ष सुरेश आचार्यले अझै पनि पत्रकारहरुले सुरक्षा नपाएको, काममा उच्च जोखिम अवस्था प्रति सबैको चासो हुनुपर्ने धारणा व्यक्त गर्दै, नयाँ विधानमा जिल्ला, स्थानीय, प्रदेश र केन्द्रीय तह समेतको व्यवस्था गर्दै, संघीय संरचना अनुसार विधान निर्माण भएको बताए । महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले प्रेस स्वतन्त्रता, पत्रकारको हक जस्ता विषय महासंघको पहिलो एजेण्डा हो भने । न्यूनतम पारिश्रमिक निर्धारण समितिका संयोजक तथा महांसंघ केन्द्रका सल्लाकार पोषण केसीले देश र जनताका पक्षमा वकालत गर्दै आएका पत्रकारहरुको तलव सरकारको खरदार सरह पनि नभएकोमा दुःख व्यक्त गरे ।
आज महासंघका केन्द्रीय पदाधिकारी सहित ७५ जिल्लाका शाखा अध्यक्ष, प्रतिष्ठान र एशोसियट सहितको भेला तानसेनमा हुँदैछ । सो भेलाले महासंघको संशोधित नयाँ विधान जारी गर्ने छ । चितवन सम्पन्न साधारणसभाले महासंघका पूर्व अध्यक्ष सुरेश आर्चायको संयोजकत्वमा गठित समितिले निर्माण गरेको संघीय ढाचाँको नयाँ विधान पाल्पा भेलाबाट जारी हुन पाल्पाली पत्रकारकारिता जगतका लागि गौरवको विषय हुने आतिथ्य शाखा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्यालले बताए । रानीमहलमा बसेको बैठकले पाल्पाको ऐतिहासिकता पर्यटकीय महत्वलाई उजागर गर्ने विश्वास लिइएको छ । यो भेलालाई पाल्पाली र आसपासका जिल्लाबासीको समेत सहयोग रहेको जनाइएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *