पत्रकार अर्याल पुरस्कृत

पाल्पा, असार ६ : पाल्पाको पश्चिमस्थित प्रभात माध्यमिक विद्यालय पालुङ्मैनादीले पत्रकार माधव अर्याललाई पुरस्कृत गरेको छ । शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पुराएको भन्दै विद्यालयले नगद २ हजार, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । डेढ दशकदेखि पत्रकारितामा सक्रिय अर्याल कान्तिपुर दैनिकका पाल्पा संवाददाता हुन् ।P1100635
विद्यालयमा आयोजित एसएलसी उत्तीर्ण विद्यार्थीलाई बधाई एवं शुभकामना कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डुलबहादुर कुंवर, विद्यालय निरीक्षक चन्द्रबहादुर कुंवर र प्रधानाध्यापक रमेश भट्टराइले सम्मान गरेका हुन् । विद्यालयमा अध्ययनरत गरीब, दलित, विपन्न विद्यार्थीका विषयमा कान्तिपुर दैनिकमा अर्यालले समाचार प्रकाशित गरेपछि वेलायतबाट ३६ हजार सहयोग आएको छ । समाचार पढेर प्रभावित बनेका ओमनारायण राइले तीन जना विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि सहयोग गर्दै आएका छन् । यस विद्यालयले जिल्लामै सामुदायिक विद्यालयमा सत प्रतिशत नतिजा ल्याउन सफल भएको छ । विद्यालयका १२ जना मध्ये सबै उत्तीर्ण गराएर जिल्लामै सतप्रतिशत नतिजा ल्याउन सामुदायिक विद्यालय बनेको छ ।

  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *