पञ्चेबाजा सहित आए अधिकृत

कृष्ण पोखरेल
पाल्पा, अघि–अघि पञ्चेबाजा । बाजासंगै गलाभरि माला लगाएका एकजना युवा । दृश्य बिवाह जस्तै थियो पाल्पाको बगनासकाली गाउँपालिकाको कार्यालय परिषरमा । बगनास गाउँपालिकामा सेवा लिन आएका सेवाग्रही समेत पञ्चेबाजा सहितको टोली कार्यालय परिषरमा प्रवेश गरेपछि अचम्ममा परे । सबैजनाले टोलाएर हेरे । गाउँपालिका निमित्त कार्यकारी अधिकृत कुलप्रसाद अर्यालले स्वागत गर्दै ऐ हजुर यता–यता भन्दै गलाभरी माला लगाएका एक युवालाई कुर्चीमा बसाले । चित्रवनबाट दुलाह झै बनाएर पाल्पाको बगनासकाली गाउँपालिकामा छोड्न आएका चितवन नगरबासीले भने– ‘लौ हजुर हामीले छोरी जस्तै मूल्यवान व्यक्ति सुरक्षित दियौं, तपाईहरुले राम्रोसंग घरवार गराउनु होला ।’ ति युवा हुन् चित्रवन नगरपालिकामा ३२ महिना कार्यकारी अधिकृत भएर पाल्पाको बगनासकाली गाउँपालिकामा सरुवा भएर आएका रामचन्द्र अर्याल । कार्यकारी अधिकृत अर्याललाई चितवन चित्रवन नगरबासीले बिवाह गरेर छोरीलाई छोड्न गएजस्तै पाल्पाको बगनासकाली गाउँपालिकामा पञ्चेबाजा बजाएर छोड्न आएका हुन् । चित्रवन नगरपालिकामा ३२ महिना रहँदा कार्यकारी अधिकृत अर्यालले नगरको वातावरण संरक्षण, नगरको पर्यटन विकास, टोल सुधार, महिलाहरुको सशक्तीकरण, फोहोरमैला व्यवस्थापन, दलिय स्वार्थ भन्दा माथि उठेर काम गरेको भन्दै राजनीतिक दलको सर्वदलिय टोली सहित नगरबासी छोड्न आएको सर्वदलिय टोलीका विष्णुहरि तिवारीले बताए । राजनीतिक दल, वडा नागरिक मञ्चका प्रतिनिधि, नगरबासी, कर्मचारीहरु टोलीले अर्याललाई अबिर र माला लगाइदिई पञ्चेबाजा सिद्धार्थ राजमार्गदेखि बगनासकाली गाउँपालिका कार्यालयसम्म पु¥याएका थिए । कार्यकालभरि नगरबासीको विकासमा लागिपरेकाले स्वतस्फुर्त नगरबासीको खर्चमा नवलपरासीको दलदलेबाट पञ्चेबाजा झिकाएर छोड्न आएको हरिकृष्ण सापकोटाले बताए ।
२०७१ वैशाखमा नगरपालिका बनेको चित्रवन नगरपालिका महानगरपालिकामा गाँभिएपछि अर्यालको पाल्पा सरुवा भएको हो । चितवन जानु अगाडि जिल्ला मालपोत कार्यालयमा मालपोत अधिकृत बनेका ३३ वर्षिय अर्याल २०६८ भाद्रमा शाखा अधिकृत पदमा सरकारी सेवामा प्रवेश गरेका हुन् ।

  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *