नेविसंघ गुल्मीलाई स्थानीय तह अनुसार बनाउने निर्णय

रमेश विश्वकर्मा

गुल्मी, पुस १८/नेपाल विद्यार्थी संघ गुल्मीले आफ्नो संगठन संरचना स्थानीय तह अनुसार बनाउने निर्णय गरेको छ ।
संघको जिल्ला कार्य समितिको बैठकले विद्यालय र क्याम्पस ईकाईका वा पालिकास्तरीय कार्य समिति गठन गर्ने निर्णय गरेको हो । सदरमुकाम तम्घासमा माघ ५ गते स्थानीय तहको संरचनामा संगठन निर्माण गर्न सुरु गर्ने निर्णय भएको जिल्ला कार्य समितका कार्यवाहक अध्यक्ष झविन्द्र पाण्डेले जानकारी दिए ।

उनका अनुसार त्यसका लागि जिल्ला प्रतिनिधी समेत खटाईएको छ । संगठन विस्तारका लागि केन्द्रीय प्रतिनिधी सुवास कठायतले नेपाली कांग्रेसका जिल्ला सभापतिलाई केन्द्रबाट आफुले पाएको जिम्मेवारी पत्र हस्तान्तरण गरेका छन् । माघ ५ गते सम्म जिल्लाका सम्पूर्ण विद्यालयले, क्याम्पस र स्थानीय तह अनुरुपका संगठन विस्तार सके लगत्तै अधिवेशनको मिति तय छिट्टै नै अधिवेशन गरिने कार्यवाहक अध्यक्ष पाण्डेको भनाई छ । सो संगठनले दिएको विवरण अनुसार कार्यवाहक जिल्ला अध्यक्ष पाण्डेलाई रेसुङ्गा नगरपालिकाको संगठन विस्तारमा खटाईएको छ । मुसिकोट नगरपालिकामा रामप्रसाद आचार्यलाई, मालिका गाउँपालिकामा रमेश बुढा र सोही गाउँपालिका सहित चन्द्रकोट गाउँपालिकामा पूण्य सुवेदीलाई खटाईएको छ । गुल्मी दरबार गाउँपालिकामा तोमलाल पान्थी, ईस्मामा विष्णुप्रसाद आचार्य, रुरुमा ऋषि राना, धुर्कोटमा कमल पोखरेल, कालीगण्डकीमा सिजन राना, सत्यवतीमा कमल भुसाल र मदानेमा पार्वती केसीलाई प्रतिनिधी तोकिएको छ ।

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *