नेपाल–भारत पत्रकार मञ्च गठन

पाल्पा,असार २६/भारत–नेपाल बीचमा पर्यटकीय सम्बन्ध तथा प्रवद्र्धन गर्न लुम्बिनीमा नेपाल र भारतका पत्रकारहरु बीचमा साझा मञ्च गठन गरिएको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा भैरहवामा आयोजित अन्तरक्र्रियामा भारत–नेपाल पत्रकार मञ्च गठन गरिएको हो । कार्यक्रममा गजेन्द्र त्रिपाठी (भारत) र नरेश केसी (नेपाल) संयोजक रहेको २९ सदस्यीय नेपाल–भारत पत्रकार मञ्चको गठन गरिएको छ ।

नेपाल र भारतका पत्रकारहरु बीचको छलफलका क्रममा आठ बुँदे साझा प्रतिवद्धता सार्वजनिक गर्दै सदासदाका लागि दुई छिमेकी देशको सम्बन्ध अटुट रुपमा चलिरहनु आवश्यक रहेको औल्याईएको छ । बुद्ध जन्मस्थल लुम्बिनी र प्रदेश पाँचको पर्यटन प्रवद्र्धन गर्न लुम्बिनी भ्रमण वर्ष २०१९ र नेपाल भ्रमण वर्ष २०२० सफल बनाउने उद्देश्य सहित दुई देशका पत्रकारहरुको अन्तक्र्रिया भएको थियो । ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं’ भन्ने नारा सहित सुरु भएको लुम्बिनी भ्रमण वर्षमा २० लाख बढी पर्यटकहरुलाई लुम्बिनीमा भित्र्याउन सकिने भारतका वरिष्ठ पत्रकार राजेश सिंहले बताए ।

राजनारायण मिश्रले भारत र नेपालका पत्रकारहरुले सीमाना र यस वरपरका क्षेत्रमा विशेष निगरानी राख्नु आवश्यक रहेको औल्याए । प्रदेश पाँचका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले नेपाल सरकारबाट सन २०२० लाई भ्रमण नेपाल बर्षका रुपमा मनाउन कार्यक्रमले आधार प्रशस्त गर्ने बताए । नेपाल भारतका पत्रकारहरुको साझा प्रतिवद्धता सुनाउदै पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डि आर घिमिरेले प्रदेश पाँच र भारतको उत्तर प्रदेशमा क्रियाशिल पत्रकारहरुका बीचमा निरन्तर समन्वयका लागि यथाशीघ्र साझा संस्था निर्माण गर्ने बताए । लुम्विनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले भ्रमण अािर्थक पाटोसँगमात्र जोडिएको नभई संस्कृती आदानप्रदानका लागि महत्वपूर्ण हुने बताए । वरिष्ठ पत्रकार बालकृष्ण चापागाईले प्रदेश पाँचका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार र प्रवद्र्धन गर्ने लगायतका उद्देश्यहरु समेत भ्रमण वर्षमा समेटिएको बताए । कार्यक्रममा भारत–नेपालमैत्री संस्थाका अध्यक्ष अनिलकुमार गुप्ता तथा नेपाल–भारतमैत्री संस्थाका अध्यक्ष डा. शान्त कुमार शर्माले दुवै देश एक अर्काका परिपुरक हुने गरी पर्यटकीय स्थानहरुको प्रवद्र्धनमा लाग्नुपर्ने जोड दिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *