नेपाली काँग्रेस गुल्मीको अभिमुखिकरण शनिबार हुँदै

गुल्मी, असोज १९ /नेपाली काँग्रेस गुल्मीले मुलुकी संहिता ऐन र मुलुकी फौजदारी ऐन बारे एक दिने अभिमुखिकरण तालिम शनिबार सञ्चालन गर्दैछ । अभिमुखिकरण तालिम नेपाली काँग्रेस स्थानीय तह विभागको अयोजनामा सञ्चालन गरिने नेपाली काँग्रेस गुल्मीले जनाएको छ ।

अभिमुखिकरण तालिम नेपाली काँग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई दिइने नेपाली काँग्रेस स्थानीय तह विभाग प्रमुख थम्मन बहादुर केसीले जानकारी दिए । अभिमुखिकरण तालिममा मुलुकी संहिता ऐन, मुलुकी फौजदारी ऐन, स्थानीय सरकार सञ्चालन र संविधानको विषय लगायत विविध विषयमा प्रशिक्षण दिइने छ । अभिमुखिकरण तालिममा नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य बद्री पाण्डेको प्रमुख आतिथ्यता रहने छ । नेपाली काँग्रेसबाट निर्वाचित स्थानीय जनप्रतिनिधिलाई उपस्थित हुन नेपाली काँग्रेस गुल्मीले आग्रह गरेको छ ।

  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *