नेपाली काँग्रेस गुल्मीको भेला अर्वेनीमा

गुल्मी, जेठ ७/ नेपाली काँग्रेस गुल्मीको ५० दिने महाअभियान अन्तर्गत वृहत्त भेला सोमबार कालिगण्डकी २ अर्वेनीमा भएको छ । भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका जिल्ला सचिव खिल ध्वज पन्थीले ५० दिने महाअभियानले दलित पिछाडिएका वर्गको उत्थानका लागि सहयोग पुग्ने बताए । उनले अब परम्गरागत रुपमा दलित बस्तिलाई हेरिने हेपा प्रवृत्तिको अन्त्य गरिने बताएका छन् । भेलाले अर्वेनीमा रहेको दमाई टोललाई परिवर्तन गरि बसपार्क टोल नामकरण गरेको छ । कालिगण्डकी गापाका २ का वडा अध्यक्ष देवीप्रसाद न्यौपानेले परम्परागत हेपा प्रवत्तिले राखिएका टोलका नामहरु परिवर्तन गर्दै जाने बताए । नेविसंघका जिल्ला कार्यवाहक सभापति झविन्द्र पाण्डेले नेपाली काँग्रेसको महाअभियानले जिल्लाका दलित, पिपन्न बस्तिमा पुगेर उनीहरु सँग सहकार्य गरेको बताए । भेला नेपाली काँग्रेस अर्वेनीका सभापति रामप्रसाद न्यौपानेको सभातित्व, वडाका पूर्व पार्टी सभापति भागिरथ न्यौपानेको स्वागत र कार्यक्रमको सञ्चालन वडा पार्टी सचिव कृष्ण न्यौपानेले गरेका थिए । भेलामा १ सय ५० जनाको उपस्थित रहेको नेपाली काँग्रेस अर्वेनीले जनाएको छ ।

  • 650
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    650
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *