नेकपा एमालेको बगनास गाउँपालिका पत्रकार सम्मेलन

कृष्ण पोखरेल
पाल्पा, नेकपा एमाले बगनास गाउँपालिकाले भष्ट्रचारमुक्त शुसासनयुक्त गाउँपालिकाको रुपमा स्थापित गर्ने प्रतिवद्धता जनाएको छ । नेकपा एमाले बगनास गाउँपालिका पत्रकार सम्मेलन गरी विभिन्न योजनाहरु सार्वजनिक गर्दै जनतालाई सूर्य चिन्हमा मतदान गर्न अनुरोध गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेले २०४६ र २०६२ सालका प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका पार्टीमा समेत स्वच्छ छवि बनाएका, सामाजिक अगुवाको रुपमा स्थापित भएका पार्टीका निवर्तमान अध्यक्षको पक्षमा जनलहर बढेकोले विपक्षीहरु आत्तिएर चुनावी तालमेल गरेको बताए । बगनास गाउँपालिका निर्माणको लागि एमाले उम्मेद्वार बस्यालको योगदान महत्वपूर्ण रहेकोले, पार्टीमा समावेशीको रुपमा महिला, जनजाती मगर समुदायको भएकोले पनि जित एमालेको सुनिश्चित रहेको गैरेले बताए । पत्रकार सम्मेलनमा बगनासकाली गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार देवीप्रसाद बस्यालले ९ वटै वडाको गुरुयोजना बनाएर समान रुपमा विकास गर्ने, बगनासकालीलाई देशकै नमूना भष्ट्रचारमुक्त गाउँपालिकाको रुपमा विकास गर्ने, जनतालाई प्रशासनिक सेवा सहज र सुलभ रुपमा प्रदान गर्ने, बगनासकाली चक्रपथको निर्माण गरी सिद्धार्थ राजमार्ग र कालीगण्डकी करिडोर प्रयोग व्यापार बजार गर्ने, जनताको घर घरमा २४ सै घण्टा पानी र विद्युत र सञ्चारका सुविधाहरु प्रदान, बगनासकालीलाई मिडियामैत्रीको रुपमा विकास गर्ने जस्ता योजना कार्यान्वयन गर्ने बताए । बगनास गाउँपालिका कालीगण्डकी ए को प्रत्यक्ष प्रभावित भएकोले विद्युतबाट प्राप्त हुने रोयल्टी विकास निर्माण प्रयोग गर्ने, विद्युत रोयल्टी बढाउन पहल गर्ने, कालीगण्डकी बाट लिफ्टि· सिंचाई गरी बेसी टारमा आधुनिक रुपमा कृषि उत्पादन तथा बजारीकरण गर्ने, जेष्ठ नागरिक, अपा·, दलित, महिला जनजातीहरुलाई समुदायस्तर हेरिकन विशेष खालका कार्यक्रम सञ्चालन गर्ने, माडीफाँटलाई विशेष कृषि पकेट क्षेत्रको रुपमा विकास गर्ने, बगनासकालीका युवाहरुलाई यस क्षेत्रमै रोजगारीको व्यवस्थापन गर्ने, प्राविधिक शिक्षा, वडा वडामा स्तरीय अस्पतालको निर्माण र सञ्चालन गर्ने, रानीमहलदेखि राम्दीसम्म काली गण्डकीमा ¥याफ्टि· लगायतका गतिविधी सञ्चालन गर्ने, बगनासकालीलाई धार्मिक पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने जस्ता योजनालाई कार्यान्वयन गर्ने क्षमता रहेको एमालेका अध्यक्षका उम्मेद्वार बस्यालले बताए । कार्यक्रममा एमाले बगनास गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदीमगरले आफू आदिवासी जनजातीको तर्फबाट एकल उम्मेद्वार भएको, मगर समुदायको एक्लो महिला उम्मेद्वार भएको, विभिन्न सामाजिक संघसंस्था क्रियाशील रही निस्वार्थ भावले समाजसेवा गर्दै आएको सूर्यमा मतदान गरी विजयी बनाउन जनतासंग आग्रह गरिन् । आदिवासी जनजाती, महिलाको भावनासंग प्रत्यक्ष जोडिएकोले महिला दिदीबहिनीहरुलाई सूर्यमा मतदान गरी उपाध्यक्ष सहित एमालेका उम्मेद्वारलाई विजयी बनाउन उपाध्यक्ष चिदीले अनुरोध गरीन । बगनास गाउँपालिकाका संयोजक मोहन थापा मगरको सभापतित्वमा भएको पत्रकार सम्मेलनको सञ्चालन जिल्ला कमिटी सदस्य गुँरास आत्रेयले गरेका थिए । बगनास गाउँपालिकामा काँग्रेस र माओवादी बिच तालमेल भएपछि नेपाली काग्रेसबाट उपाध्यक्षमा उठाएका महिला उम्मेद्वार पेमा चिदी र माओवादी केन्द्रबाट उपाध्यक्षमा उठाएकी शान्ता न्यौपाने उम्मेद्वार मनोनयको समयमा बाहिरिनु परेको छ । तालमेल पछि अध्यक्षमा नेपाली काँग्रेसका कृष्ण बस्याल र उपाध्यक्षमा माओवादी केन्द्रका कृष्ण भुसाल मनोनयन गर्ने सहमति भएको छ ।

  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *