निर्वाचन विशेष २०७४, यसो भन्छन् तानसेन पाँचका उम्मेद्वार

तानसेन: कैलाशनगर, साविकको बराङ्गदी गाविसका ३ वडा, ढुंगाखानी, धरमपानी, छापथोक, चौनवारी लगायतका स्थान नयाँ सरचनाअनुसार तानसेन नगरपालिका वडा नं. ५ मा पर्दछन् । यस वडामा लक्ष्मी मावि बन्दिपोखरा, जनहित आधारभूत विद्यालय सेतिपोखरी र त्रिभुवन बहुमुखी क्याम्पस बतासेडाँडालाई मतदान केन्द्र तोकिएको छ ।  वडामा २ हजार ४ सय ४० मतदाता रहेका छन् । दोस्रो चरणको निर्वाचनका लागि प्रचार–प्रसारमा व्यस्त रहेका नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेद्वार विष्णुबहादुर विष्ट, नेकपा एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेद्वार रामबहादुर रावल र नेकपा (माओवादी केन्द्र)को तर्फबाट वडा अध्यक्षका उम्मेद्वार तुलबहादुर रावलको जनतासंगको प्रतिवद्धता के हो त ? निर्वाचित भएपछि उनीहरु वडामा के कस्ता कामहरु गर्ने बताउँछन् त ? आजको अंकमा ।

bishnu bdr bista‘नगरको अनुभूति दिलाउनेछु’
नेपाली काँग्रेस
बिष्णुबहादुर विष्ट
(वडा अध्यक्ष पदका उम्मेद्वार)
नेपाली काँग्रेसका तर्फबाट तानपा ५ को वडा अध्यक्षको उम्मेद्वार हुन विष्णुबहादुर विष्ट । ६० वर्षिय विष्ट नेपाल प्रहरीको सव ईन्सपेक्टरबाट पेन्सन निक्केपछि २०५६ सालेदेखि राजनीतिमा क्रियाशील छन् । नयाँ संरचनाअनुसार यस वडामा ग्रामीण क्षेत्रका केही वस्तीहरु पनि गाभिएकोले सबैलाई नगरबासी हांै भन्ने अनुभूति दिलाउन विकास निर्माणका काममा आफू निरन्तर लागिपर्ने उनको योजना छ ।  ‘गाविसका वडाहरु अहिले यस नगरको वडामा गाभिएका छन् । सबैलाई नगरको अनुभूति दिलाउनु नै प्रमुख काम हो’, –उनी भन्छन् । त्यहीअनुसार वडामा रहेको खानेपानीको समस्या समाधान गर्ने, सडकको स्तरोन्नती गर्ने, शिक्षाको क्षेत्रमा जोड दिने, स्वास्थ्यका सहज पहुँच पु¥याउन काम गर्ने उनी बताउँछन् ।

ram bdr raul

‘वडाको आवश्यकतामा आधारित रहेर काम गर्नेछु’
नेकपा एमाले
रामबहादुर रावल
(वडाअध्यक्ष पदका उम्मेद्वार)
नेकपा एमालेको तर्फबाट तानपा वडा ५ का उम्मेद्वार हुन रामबहादुर रावल । ५० वर्षिय रावल २०४२ सालदेखि पार्टीमा सक्रिय रहँदै आएका छन् । उनी २०५४ सालमा जनप्रतिनिमा निर्वाचित भएका थिए ।
उनी आफू वडाअध्यक्षमा निर्वाचित भए वडाको विकास गर्न वडाको आवश्यकतामा आधारित रहेर काम गर्ने बताउँछन् । उनी वडामा रहेको खानेपानीको समस्या समाधान गर्न एक घर एक धाराको व्यवस्था गर्ने, वडामा १५ सय बढी क्षमताको सिटी हल स्थापना गर्ने, सामुदायिक अस्पतालको स्थापना गर्ने, ल्याण्डफिल्ड साईट व्यवस्थित गर्न पहल परी वडालाई नमूना वडाको रुपमा विकास गर्ने बताउँछन् । वडाको विकास नेकपा एमालेको हातमा भएको बताउँदै सम्पूर्ण मतदातालाई एमालेलाई मतदान गरी विकासका काममा हातेमालो गर्न उनी आग्रह गर्छन् ।

tul bdr raul
‘जनतासंग हातेमालो गर्दै अगाडि बढ्नेछु’
नेकपा (माओवादी केन्द्र)
तुलबहादुर रावल
(वडाअध्यक्ष पदका उम्मेद्वार)
तुलबहादुर रावल नेकपा (माओवादी केन्द्र)को तर्फबाट तानपा वडा नंं ५ का उम्मेद्वार हुन् । ६२ वर्षिय रावल आफू वडाअध्यक्षमा निर्वाचित भए सडक कालोपत्रे गर्ने, वडामा रहेको खानेपानीको समस्या समाधान गर्न पहल गर्ने, स्वास्थ्य उपचारका लागि वडामा सामुदायिक स्वास्थ्य चौकीको व्यवस्था गर्न पहल गर्ने, सरकारी विद्यालयको स्तरोन्नती गर्न पहल गर्ने लगायतका कामहरु गर्ने बताउँछन् । उनी वडाका हरेक समस्याहरुसंग समाधान गर्न जनतासंग हातेमालो गर्दै अगाडि बढ्ने बताउँछन् । पिछडिएका महिलाहरुको क्षमता अभिवृद्धि गरी आयआर्जनतर्फ लाग्न प्रोत्साहन गर्ने उनी बताउँछन् ।
     –प्रस्तुति : सुशिल नेपाल

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares