निर्माणकर्मी संघको सातौं साधारण सभा

रामचन्द्र रायमाझी
पाल्पा, भवन तथा बाटो निर्माण कर्मी संघको सातौँ साधारण सभा आइतबार तानसेनमा भएको छ । साधारण सभाको उद्घाटन गर्दै पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले सुरक्षित बसाई पाल्पामा भएको सन्देश र संघले स्वरोजगार सिर्जना गरेका कारण युवाहरु रोजगारीका लागि बिदेश जान नपर्ने धारणा ब्यक्त गरे । कार्यक्रमको विशिष्ठ अतिथि तथा संघका सल्लाहकार माधब नेपालले राज्यले निर्माण सम्बन्धि स्पष्ट नीति बनाउन नसकेको अवस्थामा संघले भौतिक निर्माणमा दिगोपना दिनको लागि महत्वपूर्ण भूमिका खेलेको बताए । उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघका उपसभापति भरत शर्माले अन्य संस्थाहरुले पनि यस संस्थाबाट पाठ सिक्नुपर्ने धारणा राख्दै संस्था सक्षम हुनको लागि नेतृत्व सक्षम हुन आवश्यक रहेको बताए । कार्यक्रममा संघका अध्यक्ष सुरेश कर्माचार्यले सिमेन्टको धुलोका कारण सबैभन्दा बढी निर्माण कार्यमा सम्बद्ध मजदुरहरु समस्यामा पर्नेे भएकाले राज्यले सिमेन्टमा स्वास्थ्य क्षेत्रमा खर्चने गरी कर लगाउन सरकारसँग आग्रह गरे । संघको सातौँ वार्षिक साधारण सभाको उद्घाटन समारोहमा बोल्दै नेपालमा श्रमको सम्मान नभएका कारण युवाहरु विदेशीएको बताउँदै ठुला–ठूला निर्माणका आयोजना निर्माणजन्य सामाग्रीले नभई श्रमिकका कारण समयमै पुरा नभएको बताए । अध्यक्ष कर्माचार्यले तानसेन नगरपालिकामा मात्र ३ सय भन्दा बढी तालिम प्राप्त दक्ष जनशक्ति तयार भएको बताए । कार्यक्रममा पत्रकार माधव अर्याल, निर्माण ब्यवसायी संघका अध्यक्ष कृष्णप्रसाद नेपाल, गैरसरकारी संस्था महासंघ पाल्पाका अध्यक्ष भेषराज तिमिल्सेना, नेपाल टे«ड युनियन काँग्रेसका उपाध्यक्ष चित्रवलीराम सुवाल, कानुनी सल्लाकार शिवप्रसाद देवकोटा, संघका उपाध्यक्षहरु कुमबहादुर घर्ती मगर, गणेश राहुत लगायतले शुभकामना दिएका थिए । उद्घाटन समारोहमा कोषाध्यक्ष प्रेमबहादुर बुढाले २९ लाख १५ हजार बराबरको आय ब्यय विवरण प्रस्तुत गरेका थिए । समारोहको अवसरमा संघको संस्थागत विकासमा योगदान पु¥याएको भन्दै अध्यक्ष सुरेश कर्माचार्य, कोषाध्यक्ष प्रेमबहादुर बुढा, सदस्यहरु विर बहादुर गाहा, लोकबहादुर गाहा, कुमबहादुर घर्ती मगर, निलकण्ठ देवकोटा लगायतलाई सम्मान गरिएको थियो ।
संघमा आबद्ध रहेका सदस्यहरुको छोराछोरीहरुले एसईई परिक्षमा उत्कृष्ठ अङक ल्याउने, आर्थिक अवस्था कमजोरका भएका कारण उच्च शिक्षा हासिल गर्न नसक्ने, प्राथमिक तहमा समेत अध्ययन गर्न नसकेका बालबालीकाहरुका लागि आर्थिक सहयोग प्रदान गरिएको थियो । यसैगरी संघमा आवद्ध रहेका सदस्यहरु भित्रका औषधी उपचार अनुदान, दुर्घटना उपचार अनुदान, सुत्केरी खर्च अनुदान, निर्माण कर्मी संघका सदस्यहरुको परिवारमा मृत्यु भएमा क्रिया खर्च रकम सहयोग गर्दैै आएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *