नायरनमतलेस स्वास्थ्यचौकीमा प्रयोगशाला सेवा सञ्चालन

पाल्पा(बगनासकाली) पुस १२ /बगनासकाली गाउँपालिका –३ नायरनमतलेस स्वास्थ्य चौकीमा पनि प्रयोगशाला सञ्चालन भएको छ । चापानी स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना गरेसँगै गाउँपालिकाले नायरनमतलेसमा पनि प्रयोगशाला सञ्चालनमा ल्याएको हो । विहिबार प्रयोगशालाको उद्घाटन गर्दै प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले गाउँपालिकाका सबै वडाहरुमा प्रेगशाला स्थापना गर्दै जाने बताए । उनले विरामीहरु औषधी उपचारका लागि सदरमुकाम जानुपर्ने भएकाले त्यसको बाध्यता हटाउन प्रयोगशाला सञ्चालनमा ल्याइएको जानकारी दिए । विशिष्ट अतिथि गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदीले मानिसको स्वस्थ रहे मात्रा आर्थिक समृद्वि हुने बताइन् ।

उनले आगामी दिनमा स्वास्थ्य क्षेत्रलाई थप गुणस्तरीय र सेवासुविधायुक्त बनाउने योजनाका साथ अगाडि बढेको बताईन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधकृत सुन्दरप्रसाद श्रेष्ठले मानिसको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने बताए । वडा नम्बर तीनका अध्यक्ष टिकाबहादुर थापाले स्थानीय तहको निर्वाचन हुनुभन्दा पहिलेदेखि गरिएको स्थानीयको माग पूरा भएको बताए ।

स्वास्थ्य संयोजक मणिराम अधिकारीले प्रयोगशालामा १८ प्रकारको सेवा उपलब्ध हुने बताए । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विश्वनाथ न्यौपाने, नेकपाका मोहन थापा, नेपाली काँग्रेसका नारायण कवँर, नायर नमतलेस स्वास्थ्य चौकीका पूर्व प्रमुख शालिकराम पहारी, नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मिलन विश्वकर्मा, बगनाशकाली पत्रकार समुहका अध्यक्ष दीपक ढुंगाना, जिल्ला अस्पताल पाल्पाका ल्याव सुपर भाइजर मधुसुदन भट्टराई लगायतले प्रयोगलालाई निरन्तर दिन आग्रह गरे । गाउँपालिकाले नायरनमतलेस र चापपानी स्वास्थ्यचौकीमा प्रयोगशाला सञ्ंचालनका लागि दश लाख बजेट विनियोजि गरेको छ । विनियोजित बजेटबाट कर्मचारी व्यवस्थापन र आवश्यक प्रविधियुक्त सामग्री खरिद गरिएको गाउँपालिकाले जनाएको छ ।

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *