नवजागृति पुस्तकालयको सिको गरौं

ल्याटिन भाषाको ीष्दभच फ्रान्सेली भाषको ीष्दचबष्चभ हुदैं अग्रेजीमा ीष्दचबचथ र नेपालीमा पुस्तकालय शब्द बनेको हो । वेद उपनिषेदहरुको संग्रह स्वयंयलाई पनि पुस्तकालय भनिन्छ । नालन्दा र तक्षशिला जस्ता प्राग ऐतिहासिक विश्वविद्यालयहरुमा समेत पुस्तकालय रहेको पाईन्छ । ई.पू. ६२६ वर्ष अगाडि एसिरियाका राजा अस्युरवानीपालले स्थापना गरेको निनेभ पुस्तकालय विश्वकै पहिलो पुस्तकालय मानिन्छ ।
जोहन गुटन वर्गले सन् १४४० मा प्रिण्टीङ्ग मेसिनको आविस्कार गरेपछि छापिएको पहिलो पुस्तक ‘बाईबल’ हो । वि.सं. १९१० सालमा जंगबहादुरले गिद्धे प्रेस नेपालमा ल्याएपछि राणाहरुको ईच्छा अनुसारको पुस्तकहरु छापिन लागे ।
वि.सं. १९६६ देखि केशर शम्सेरले पुस्तकहरु संकलन गर्दै जाँदा केशर पुस्तकालय खुल्यो । उपत्यका बाहिर सर्वप्रथम सिराहामा वि.सं. १९७२ मा त्रिचन्द्र पुस्तकालय खुल्यो । वि.सं. १९८३ मा पाल्पाका अक्षर पुरुष अम्विका प्रसाद लाकौलको घरमा पुस्तक पढ्ने दलान (धवल पुस्तकालय) खुल्यो । प्रजातन्त्रको उदय सँगै मुलुकमा सामुदायिक पुस्तकालयहरु खुल्दै गए । यहि क्रममा वि.सं. २०२३ सालमा रुपन्देहीको बुटवलमा नवजागृति पुस्तकालय खुल्यो । अचेल हाम्रो समुदायमा पुस्तक संकलन गर्ने र पुस्तकालय खोल्नेको लहर बढ्दो छ । व्यक्तिगत, संस्थागत सामुदायिक र राष्ट्रिय पुस्तकालय गरी विशेषत चार किसिमको पुस्तकालयहरु सञ्चालनमा आएको पाईन्छ । समुदायका मानिसहरु मिलेर स्वतस्फूर्त रुपमा खोली सञ्चालन गर्दै आइएकोलाई सामुदायिक पुस्तकालय भनिन्छ । यस्तै पुस्तकालय मध्येको एक हो बुटवलको नवजागृति सामुदायिक पुस्तकालय । यही पुस्तकालयको विषयमा रहेर यस लेखमा चर्चापरिचर्चा गर्ने प्रयास गरिएको छ ।
नवजागृति सामुदायिक पुस्तकालयको स्थापना वि.सं.२०२३ सालमा भएको थियो । पुस्तकालयले वि.सं. २०३६ सालमा आफ्नै भवन उद्घाटन गरेको हो । विभिन्न उतारचढावको बाबजुद पुस्तकालयले वि.सं. २०४९ सालमा रजत महोत्सव र वि.सं.२०७३ सालमा स्वर्ण महोत्सव मनाई सकेको छ । नवजागृति पुस्तकालय बुटवल खस्यौली वडा नं. ६ कान्तिपथ स्थित आफ्नै भवनमा रहेको छ । पुस्तकालयको प्रतिक चिन्ह, षटकोण भित्र एउटा पुस्तक अंकित रहेको छ । पुस्तकालयले चर्चेको जग्गा ५ कठ्ठा ८ धुर रहेको छ । पुस्तकालयको पुरानो तथा नयाँ दुई तले भवन छ । नवजागृति बहुउद्देश्यीय सामाजिक भवन र विश्वहिन्दु महासंघ रुपन्देही शाखाको कार्यालय पनि यहि छ । श्री हवनकुण्ड सहित ११ वटा आवास कक्ष, २ वटा सभा कक्ष र ९ वटा कोठाहरु दुकान प्रयोजनको लागि रहेका छन् । द्वारिका प्रसाद उदय, पुरुषोत्तम क्षेष्ठ, जीवराज आक्षित, चिरञ्जीवीध्वज जोशी लगायतका व्यक्तित्वहरुद्धारा स्थापना गरिएको यो पुस्तकालयले वि.सं. २०४१ सालदेखि समाजसेवी व्यक्तित्व गणेशमान सैंजूलाई अध्यक्ष पाएपछि आफुलाई थप गतिशिल बनाउन सक्यो र त्यति बेला दैनिक २ घण्टा पुस्तकालय खुल्नथाल्यो । अहिले शनिबार बाहेक अन्य दिन पुस्तकालय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्दै आएको छ । पुस्तकालय सञ्चालनको लागि चार जना कर्मचारीहरु नियमित कार्यरत छन् । करीब ८ हजारको सेरोफेरोमा विभिन्न पुस्तकहरु रहेका छन् । साधारण, आजीवन, सम्मानित र संरक्षक गरी चार प्रकारका सदस्यताको व्यवस्था गरिएको छ । सदस्यताशुल्क बापत मोटै रुपमा तोकिएको शुल्क बुझाउनेलाई शटरमा दाताको नाम लेख्ने र दाताको जीवनी सहित हलमा फोटो राख्ने प्रावधान समेत रहेको छ । पुस्तकालयको पूर्व, दक्षिण तर्फ रिटेनिङ वाल तथा पुर्व, पश्चिम, दक्षिण संघमा कम्पाउण्ड वाल पर्खाल लगाईएको छ । ई–लाइब्रेरीको आधारशिला तयार भएको छ । समय–समयमा पुस्तकालय दिवस, कविगोष्ठी एंव विशेष व्यक्तित्वहरुको जन्मजयन्ती तथा स्मृति दिवसहरु समेत मनाउदै आइएको पाइन्छ । पुस्तकालयलाई भौतिक रुपमा आजको अवस्था सम्म ल्याई पु¥याउनका लागि वि.सं.२०५७ सालमा वाचन शिरोमणि प.नारायणप्रसाद पोखरेल र वि.सं. २०६३ सालमा उहाँकै सुपुत्र प. दीनबन्ध्रु पोखरेलद्वारा सप्ताहवाचन गरी अर्थ संकलन गरियो ।
नवजागृति पुस्तकालयलाई सुविधा सम्पन्न रुपमा आजको अवस्था सम्म ल्याइ पु¥याउन निवर्तमानअध्यक्ष समाजसेवी स्व.गणेशमान संैजूको अविस्मरणीय योगदान रहेको छ । हाल पुस्तकालयको नवनिर्वाचित अध्यक्ष महेश्वरप्रसाद क्षेष्ठ रहेका हुनुहुन्छ । पुस्तकालयले सफल व्यापारी , समाजसेवी, शिक्षाप्रेमी एवं आध्यात्मिक सचेतनाका धनी क्षेष्ठलाई अध्यक्ष पाएको छ । उहाँको कार्यकालमा पुस्तकालय २१ औं शताव्दिको सुविधा सम्पन्न दक्ष सक्षम पुस्तकालयको रुपमा राष्ट्रमै अब्बल रहोस् भनि शुभ—कामना दिन चाहान्छु । दैनिक ५० देखि ७० जना सम्म व्यक्तिले अध्ययन अनुसन्धान गर्ने यो पुस्तकालयमा भाषा, कला, सँस्कृति, साहित्य, ज्ञान, विज्ञान, सूचना, संचार, धर्मशास्त्र लगायत विद्यालय देखि विश्व विद्यालय सम्मका पुस्तकहरु, संग्रहित रहेका छन् । प्राणीहरुमा सर्वक्षेष्ठ मानिस हो । मानिसको बौद्धिक विकासका लागि पुस्तकालय एक महत्वपूर्ण अंगको रुपमा प्रतिस्थापित भईसकेको छ । वर्तमान आवश्यकता र भविष्यको परिकल्पनाहरु एवं भूतकालको अनुभवहरु हामीले पुस्तकालयबाट नै पाउँछौं । पुस्तकालय खोलेर नियमित र निरन्तर रुपमा सुव्यवस्थित किसिमले चलाउनु एउटा कला हो । मुलुकमा कतिपय सार्वजनिक पुस्तकालयहरु खुलेर बन्द भए, कतिपय पुस्तकालयहरु नाममा मात्र सीमित छन्, भने कतिपय पुस्तकालयहरु विषयान्तर रुपमा सञ्चालित छन् । पुस्तकालय, पुस्तकालय नियमकै आधारमा सञ्चालित हुनुपदर्छ । डा. एस . आर. रंगनाथका अनुसार प्रथमत ः पुस्तक उपयोगको लागि हो । दोस्रो ः पाठकको आ—आफ्नो पुस्तक हुन्छ । तेस्रो ः प्रत्येक पुस्तकको आफ्नो पाठक हुन्छ । चौंथौं ः पाठकको समय बचाउनु पर्छ । पाँचौं ः पुस्तकालय सम्वेदनशील संस्था हो । उल्लेखित नियमलाई नवजागृति पुस्तकालयले समय सापेक्ष मनन गदै आएको छ । यसैले त यो पुस्तकालय यस भेगको जेठा कान्छा सबै पुस्तकाल भन्दा अग्रपंक्तिमा उभिएको छ । बुटवलमा रहेका ज्ञान ज्योति पुस्तकालय, नवजागृति पुस्तकालय र महाविर पुस्तकालय मध्ये नवजागृति पुस्तकालय आर्थिक भौतिक एवं व्यस्थापकीय रुपबाट सम्पन्न शाली देखिन्छ । यस पुस्तकालयको सिको अरुले पनि गर्न पर्दछ । सबलाई चेतना भया ।
–लेखक ः पाल्पा साहित्य समाजका अध्यक्ष समेत हुन् .

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *