नयाँ स्ट्याण्डर्डका प्रोडक्ट विस्तार गर्दै वल्र्डलिंक

काठमाडौं, फागुन ३०/विसं २०५२ सालमा स्थापना भएको इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले नयाँ स्ट्याण्डर्डका प्रोडक्टहरु विस्तार गर्दै आएको छ ।
नेपालका ७० वटा जिल्लामा सेवा विस्तार गरिसकेको कम्पनीले हाल आएर १ हजार २ सय ५० मा गो एप, सेफनेट एप, म्यानेज्ड वाईफाई र टाइम ब्याक जस्ता महत्वपूर्ण सेवा सहितको इन्टरनेटको नयाँ स्ट्याण्डर्ड नामक प्रोडक्ट उपलब्ध गराएको हो ।

इन्टरनेटको प्रयोग सम्बन्धी चेतना जगाउने उद्देश्यले हालसम्म वल्र्डलिंकले ३९ वटा विद्यालयका २ हजार ३८ विद्यार्थीहरुलाई इन्टरनेटको प्रयोग सम्बन्धी ज्ञान प्रदान गरिसकेको जनाएको छ । कम्पनीले पत्रकार सम्मेलन गरी आफ्ना सेवा सुविधाबारे जानकारी गराएको हो । कम्पनीको अबको ४ महिना भित्र करिब १० वटा ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँच पु¥याउनुको साथै एक वर्षमा १० हजार सार्वजनिक स्थलहरुमा फ्रि हटस्पट सेवा उपलब्ध गराउने लक्ष्यहरु सार्वजनीक गरेको छ । एफटीटीएच, ब्रोडव्यान्ड, आईसीटी क्षेत्रको रोजगार प्रदायक लगायतका विविध आधारमा नेपालकै ठूलो अपरेटरको रुपमा परिचित वल्र्डलिंकले पब्लिक वाईफाई प्रोजेक्ट, वायर म्यानेजमेन्ट प्रोजेक्ट, कर्णाली प्रोजेक्ट, इन्टरनेट सम्बन्धी भएका चेतना मूलक कार्यक्रम र हालमा सञ्चालित इन्टरनेटको नयाँ स्ट्याण्डर्ड नामक प्रोडक्ट लगायतका विषयमा जानकारी गराएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *