नयाँ वर्षको अफरमा ह्वावेले घटायो नोभा थ्री आईको मूल्य

काठमाडौं (एजेन्सी), पुस १२/ह्वाईले नयाँ वर्ष २०१९ लाई लक्षित गर्दै नोभा थ्री आईको मूल्य घटाएको छ । विभिन्न समयमा आफ्ना ग्राहकहरुलाई अफर मार्फत उत्साह दिदै आएको ह्वाईले मोबाइल फोनको मूल्य घटाएर अफर ल्याएको हो ।
३८ हजार ९ सयमा उपलब्ध हुने सबैभन्दा सफल स्मार्टफोन नोभा थ्री आई अब मात्र ३५ हजार ९ सय ९० मा किन्न सकिने कम्पनीले जनाएको छ । बुधबारदेखि लागु भएको यो अफर सीमित समयसम्मका लागि लागु हुनेछ । प्रयोगकर्ताहरूबाट पाएको अपार विश्वासका कारण सन् २०१८ ह्वाईका लागि सबैभन्दा सफल वर्ष रयो । नोभा सिरिजको यो स्मार्टफोन ब्रिकी खुलाइएको पहिलो दिनको दुई घण्टाभित्र नै २ हजार वटा अग्रिम बुकिङ्ग भएर प्रिबुकिङ्ग रेकर्ड नै बनाउन सफल भएको हो । कम्पनीले सन् २०१८को जुलाईमा यो स्मार्टफोन सार्वजनिक गरेको थियो । तर औपचारिक रूपमा त्यसको विक्री शुरू भएको एक साताभित्र नै त्यसको स्टक सकिएको कम्पनीले जनाएको छ । नोभा थ्री आईमा शक्तिशाली रियर क्यामराहरू पनि रहेको छ । रियर क्यामरामा १६ एमपीको प्राइमरी सेन्सर तथा २ एमपीको सेकेण्डरी सेन्सर पनि छ ।
प्राइमरी सेन्सरले स्पष्ट तस्वीरहरू र भिडिओहरू खिच्ने र सेकेण्डरी क्यामराले न्याचुरल देखिने तस्वीरहरू खिच्दछ । नोभा थ्री आई मा २४ एमपी प्राइमरी क्यामरा तथा २ एमपीको सेकेण्डरी क्यामरा रहेको छ । ह्वाई नोभा थ्री आईमा उच्च क्षमताका क्यामराहरू छन् । त्यतिमात्र नभई आर्टिभिसल इन्टेलिजन्स एआई क्षमताहरू भएको एसओसी जडित रहेको कम्पनीले जनाएको छ ।

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *