नगरसरकारले ल्यायो पहिलो पटक मोवाइल एप

रामचन्द्र रायमाझी
तानसेन, पुस २६/जिल्लाका स्थानीय सरकारहरु सूचनामैत्री र पारदर्शी नभएका गुनासाहरु आइरहेका बेला तानसेन सरकारले जिल्लामै पहिलो पटक मोवाइल एप सञ्चालनमा
ल्याएको छ ।
सेवाग्राहीहरुलाई सूचनामैत्री र पारदर्शी बनाउन भन्दै तानसेन सरकारले मोवाइल एप सञ्चालनमा ल्याएको हो । मोवाइल एपको बुधबार एक कार्यक्रमका बीच प्रदेश पाँचका प्रदेश सांसद् डा.पुरनमान बज्राचार्य र वीरबहादुर रानाले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
उद्घाटन गर्दै प्रदेश सांसद बज्राचार्यले स्थानीय सरकारहरु सूचनामैत्री र पारदर्शी हुनुपर्ने बताए । उनले कतिपय स्थानीय तहहरुले सूचनाहरु लुकाएर काम गर्दा भ्रष्टाचार र अनियमिता मौलाउँदै गएको अवस्थामा नगरसरकाले ल्याएको मोवाइल एप महत्वपूर्ण सावित हुनेमा जोड दिए । अर्को सांसद रानाले जनताप्रति उत्तरदायी, जवाफदेही र पारदर्शी बन्न मोवाइल एप महत्वपूर्ण हुनेमा विश्वास व्यक्त गरे ।
उनले स्थानीय सरकारहरु पारदर्शी नभएसम्म आर्थिक समृद्धि नहुने भएकाले स्थानीय सरकारहरु पारदर्शी र सूचनामैत्री बन्नुपर्नेमा जोड दिए । लामो समयदेखि जनप्रतिनिधि विहिन रहेका स्थानीय तहका गतिविधिहरु अब पारदर्शी र जनमैत्री बनाउन जनप्रतिनिधिहरुको महत्वपूर्ण भूमिका रहनेमा सांसद रानाले धारणा राखेका थिए । उनले जिल्लाको विकासमा आग्रह पूर्वाग्रह नराखी काम गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।

नगर प्रमुख अशोककुमार शाहीले नगर सरकारले गर्ने हरेक गतिविधिहरुलाई जनता समक्षा जस्ताको त्यस्तै पु¥याउन एप सञ्चालनमा ल्याइएको बताए । उपप्रमुख लक्ष्मीदेवी पाठकले विकास निर्माणका योजना, कार्यक्रमहरुका विषयमा जानकारी लिन नगर सरकारले सञ्चालन गरेका प्रविधिहरुको प्रयोग गर्नुपर्नेमा
जोड दिइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले स्थानीय तहमा प्रविधिको विकास संगसंगै मोवाइल एपबाट जनताका समस्या बुझ्न सहज हुने बताए । उनले जिल्लामै पहिलो प्रविधि नगर सरकारले भिœयाएकाले अब जिल्लाका सबै स्थानीय सरकारहरुले सूचनामैत्री र पारदर्शी बन्न यस्ता खालका प्रविधिहरुको प्रयोग गर्न आग्रह गरे । प्रमुख प्रशासकीय अधिकृत कीर्तनराज पौडेल र सूचना प्रविधि अधिकृत प्रकाश गैरेले मोवाइल एपको आवश्कता र महत्वका विषयमा जानकारी दिएका थिए ।

  • 41
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    41
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *