धर्मकाँटा नगराउँने चालकलाई ट्राफिकको सचेतना

सुशिल नेपाल
पाल्पा : मालवाहक सवारी साधनले सामान ओसारपसार गर्दा तौल सहितको विवरण (धर्मकाँटा) गराउनुपर्ने भएता पनि पहाडि जिल्लामा मालवाहक सवारी साधनले धर्मकाँटा नगराई मालसामान ओसारपसार गर्ने गरेका छन् । पहाडी जिल्लामा यस्तो नियम त्यति लागु नभएतापनि तराईका जिल्लाहरुमा भने यो नियम कडाईका साथ लागु हुने गर्दछ । यस्तो मापन नगराई सवारी साधनमा क्षमताभन्दा बढी मालसामान ओसारपसार गर्दा दुर्घटनासंगै सडकको स्तर पनि बिग्रिने गर्दछ । जिल्लाका कतिपय सडक र पुुलको भार क्षमता निर्धारण गरिए पनि त्यो कार्यान्वयन भने भएको छैन । जिल्लाका सडकसंगै पुल र मालवाहक सवारीको क्षमता अनुसार मालसामान बोक्ने नियम कार्यान्वयन गराउँन धर्मकाँटाको नै जरुरी पर्ने सरोकारवाला बताउँछन् ।
ट्राफिक प्रहरीले धर्मकाँटा नगराई बुटवलबाट पाल्पातर्फ आउँदै गरेका ६४ मालवाहक ट्रकलाई गत सोमबार नियन्त्रणमा लिई मंगलबार अबेरमा छाडेको थियो । ‘चेकजाँचका क्रममा ६४ ट्रकले धर्मकाँटा नगराई आएको पाइयो, ५ वटा ट्रकले ओभरलोड ल्याएको पाइयो,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रविण आचार्यले भने, ‘५ वटा लोभरलोड ल्याएका ट्रकलाई एक हजार जरिवाना सहित अन्य ट्रकका चालक सहचालक गरी १ सय २८ जनालाई आधा घण्टा दुर्घटना सम्बन्धि सचेतना दिएर छाडेका छौं ।’ पाल्पासंगै गुल्मीमा पनि यस्तो उपकरण नभएकाले यस क्षेत्रबाट बाहिर जाने सवारीले भन्दा पनि बाहिरबाट यस क्षेत्रतर्फ आउने मालवाहक सवारीले धर्मकाँटा गरेर आउनुपर्ने प्रमुख आचार्यले बताए । यता चालकहरुले भने प्रहरीले विना जानकारी सवारी साधन लामो समय रोकेर दुःख दिन खोजेको गुनासो गरेका छन् । उनीहरुले सवारी रोक्ने भए दोभान प्रहरीले रोक्नुपर्ने बताउँदै त्यहाँबाट छाडिएका सवारीलाई रोकेर दुःख दिन खोजेको उनीहरुले आरोप लगाए । लु १ ख ६९७६ नम्बर ट्रकका चालक चिरञ्जवी भण्डारीले दोभान प्रहरीले छाडने तर प्रभास प्रहरीले रोक्ने गरेर आफुहरुलाई दुःख दिएको गुनासो गरे । मंगलबार बिहान उनले भने– ‘रोक्न भए दोभानमै रोक्नुपथ्र्यो, त्यहाँ आउन दिएर यता हिँजोबाट आजसम्म रोकेर सास्ती खेप्नु पर्यो ।’ ईन्धन अभावको बेला बुटवलबाट भैरहवा गएर धर्मकाँटा गरेर आउँदा समस्या हुने अर्का लु १ ख ९५१४ नं ट्रकका चालक धुव्र खरेलले गुनासो गरे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *