देशलाई उद्यमशीलता चाहिएको छ : उद्योगमन्त्री जोशी

पाल्पा : उद्योग मन्त्री नविन्द्रराज जोशीले देशलाई आर्थिक विकासका दीशातर्फ अग्रसर बनाउनका लागि प्रत्येक नेपाली उद्यमशील हुनु जरुरी भएको बताए । पाल्पा उद्योग वाणिज्य संघको ६० औं साधारण सभा तथा १४ औं अधिवेशन उद्घाटनका लागि शनिबार पाल्पा आउँने क्रममा नेकाँ पार्टी कार्यालयमा जिल्लाका नेता तथा कार्याकर्तालाई सम्बोधनका क्रममा, देशलाई औद्योगिक बिकास तर्फ अग्रसर बनाउँनका लागि प्रत्येक नेपाली उद्यमशील हुनुपर्ने बताउँदै, जिल्ला र स्थानीयस्तरका सबै पार्टीका नेताहरुले समेत उद्योग स्थापना गर्ने र उत्पादनमा जोड दिने काम आजको आवश्यकता बताए ।

14315829_636164886558351_893219478_o

उनले भने, म तपाईहरु तामम देश भरिका कार्यकर्ताको चहाना र सहयोगबाट मन्त्री भएको छु,, मैले देश र जनताका पक्षमा इमान्दारी पुर्वका काम गर्ने छु,, उद्योगमन्त्रीमा नियुक्त भए पछि पहिलो पटक राजधानी बाहिरको औपचारिक कार्यक्रममा सहभागिता जनाएका मन्त्री जोशीले पाल्पाको ढाका र करुवा उद्योगलाई प्रर्वधन गर्ने काममा आफुले सक्दो सहयोग गर्ने कुरामा समेत जोड दिदै, तपाई पाल्पालीहरु लाग्नुहोस, देश विकासका लागि आर्थिक सम्वृद्धि जरुरी छ ,,त्यसका लागि उद्योगको बिकास नै सबै भन्दा महत्वपुर्ण पक्ष हो,, उनले भने । प्रमुख अतिथि जोशीले उद्घाटन गरेको पाल्पा उद्योग वाणिज्य संघको साधारणसभा अहिले तानसेनको बालमन्दिरमा भइरहेको छ ।

  • 57
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    57
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *