‘देशमा शान्ति र सुशासन हुन सकेन’

अर्घाखाँची, फागुन ३०/नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा शान्ति र सुशासन कायम हुन नसकेको बताएका छन् ।
महिला संघको कार्यक्रमलाई अर्घाखाँचीमा सम्बोधन गर्दै नेता पौडेलले वर्तमान सरकारका कारण देशमा शान्ति र सुशासन हुन नसकेको बताएका हुन् । उनले वर्तमान सरकार सबै क्षेत्रमा असफल भएको दावी गरे ।

सरकारले भष्ट्राचार नियन्त्रण, शान्ति कायम र सुशासन कायम गर्न नसकेको नेता पोडेलले अरोप लगाए । सिके राउतसँगको सम्झौतामा सरकार चुकेको बताउँदै राउतले विगतमा राष्ट्रिय अखण्डता विषयमा गरेको गल्तीलाई माफी माग्ने गरी सम्झौता हुनुपर्नेमा उनले जोड दिए । अर्को एक प्रस·मा नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवा विधिअनुसार चल्न नसकेको आरोप समेत लगाए । उनको कार्यशैलीका कारण अहिले पार्टीमा देउवा कमजोर हँुदै गएको समेत पौडेलले जिकिर गरे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *