#shittalpaati online #news #accident #road #ribdeko #hotnews #update news

दुर्घटना न्यूनीकरणमा तानसेन नगरको चासो

तानसेन, तानसेनका सडकहरुमा दुर्घटनाहरु बढ्दै गएपछि तानसेन नगरपालिकाले चासो देखाएको छ । सडक साघुरा र अव्यवस्थित सवारी पार्कि·का कारण दुर्घटनाहरु बढ्दै जान थालेपछि नगरपालिकाले जिल्ला प्रहरी, स्थानीय प्रशासन र ट्राफिक कार्यालयको समन्वयमा पार्कि·को व्यवस्थापन गरेको हो । तानसेनका अधिकांश सडकहरुमा मापदण्ड नपुगेको र गे्रड नमिलेकै कारण दुर्घटना हुने भएकाले नगरपालिकाकले पार्कि· क्षेत्र र रुट निर्धारण गरेको छ ।

केही दिन अघि तानसेनको बडिज्ञानटोलमा मापदण्ड नपुगेको सडकमा गाडी चलाउँदा ११ महिनाको बालक सहित २ जनाको ज्यान गएको थियो । त्यस लगत्तै सरोकारवालाहरुले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए । तानसेनको ट्राफिक व्यवस्थापन सबैको चासोको विषय भएकाले पनि सर्वेपक्षिय छलफलबाट नगरको ट्राफिक व्यवस्थापनमा कडाई गर्न नगरपालिकाले अग्रसरता देखाएको हो । नगरपालिकाले विभिन्न सञ्चारमाध्यहरुमा सूचना प्रकाशित,र माइकि· गर्दै सबैमा जानकारीका लागि सूचना प्रवाह गरेको छ । पछिल्लो समयमा नगरपालिकाले चालेको कदमको नगरवासीले प्रशंसा गरेका छन् । तानसेनको बजार आवगमन र दुर्घटना न्यूनिकरणकाका लागि ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने तानसेन नगरपालिका मेयर अशोककुमार शाहीले बताए । नगरमा पटक–पटक ट्राफिक व्यवस्थापनका विषयमा छलफल र निर्णयहरु भएपनि कार्यान्वयन हुन नसक्दा नगरवासीहरु समय–समयमा दुर्घटनाको शिखार बन्नु परेको छ । ट्राफिक व्यवस्थापनमा चालेको सकारात्मक कदमको कार्यान्वयनमा सबैको सहयोग र साथ मिलेमा दुर्घटना न्यूनिकरणमा कमी हुने जिल्ला ट्राफिक कार्यालयका प्रमुख डम्बर गिरीले बताए । उनले सबैलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *