दुबै भ्रमणलाई सम्झदा

रामलाल श्रेष्ठ
मैले सुनेको थिए दुवै देश एउटा सुन्दर समृद्ध र विकसित देश हो । जो ३० वर्षको अवधिमा कायापलटमा गरेका रहेछन् । सुन्नमा जति सुनिन्थ्यो यथार्थमा सुनेको भन्दा पनि उच्च विकास भएको पाइयो । म घरमा बसिरहेको थिए । एक्कासी श्रीनगर लायन्सका अध्यक्ष ला.श्री झमन बहादुर राज मगर आउनु भयो मलाई भन्नु भयो ISAME Forum को ४६ औं Conuention कार्यक्रममा जाउँ, Dubai राम्रो देश छ । मैले तुरुन्त उतर दिए तपाई जाने भए म अवश्य जान्छु ।
लायन्स क्लव अफ श्रीनगर, लायन्स क्लव अफ पाल्पा र लायन्स क्लव अफ रणउजेश्वरी मध्यबाट १८ जना जसमध्ये ions club of shreenagar बाट ला. अध्यक्ष श्री झमन बहादुर राज मगर, ला. भगवती राज मगर, रामलाल श्रेष्ठ, विमल काफ्ले, सुनिल काफ्ल,े लायन्स क्लव अफ पाल्पाबाट लीला अर्याल, विस्नु श्रेष्ठ, शसी श्रेष्ठ, लायन्स क्लव अफ रणउजेश्वरीबाट भवानी गैरे, ला. रम्जना अर्याल, सुनिता राणा, संगीता भट्टराई, सुमित्रा गौतम, सौंदर्पवती शाक्य, सकुन्तला बज्राचार्य, शान्ति थापा, शान्ति झेडी थापा, निर्मला न्यौपाने सहित जम्मा १८ जनाको टोलीमा ला. झमन राज मगर टोली प्रमुख हुनुहुन्थ्यो । उहाले दुबैको भम्रणमा अत्यन्तै कुसल नेतृत्व साथै जिम्मेवारी वहन गर्नुभयो भने म उहाँलाई स–सम्मान गर्न चाहन्छु । २०७४/०९/१७ गते हामी पाल्पाबाट प्रस्थान ग¥यो । पाल्पा बसपार्कमा ला. मिना पन्थी, ला. वुद्धि शर्मा ज्यूले खादा ओढाएर विधाई गर्नु भयो । काठमाडौं सुन्धाराको Nepalis united hotal बास बस्यौ । २०७५/९/१९ गते Airport पुनः खादा ओढाएर पुनः विधाई गरी काठमाडौं Airport बाट Dubai Flish मा चढियो । करिब २०० जना मध्ये १ सय ३५ जना नेपाली मात्र रहेछन् भाग्य बस मेरो साथी भैरवस्थानका रमेश श्रेष्ठ सँग–सँगै परियो दुवै पुगेको थाहै भएन ।

Dubai Airport पुग्दा अत्यन्तै रमाइलो लाग्यो । ठूलो Airport  बिजुलीले झलमल बनाएको छ दिन हो या रात छुट्याउँनै गाह्रो छ । हामी सबै ब्ष्चउयचत बाट बाहिर निस्यौं तर ला.लीला अर्याल भाई कता जानु भयो, थाहा भएन । सोधबुझ ग¥यौ हल्ला खल्ला भयो उहाँको श्रीमती छट्पटाउन थाल्नु भयो । सोधपुछ ग¥यौ । बल्ल थाहा भयो यहाँको कर्मचारीको Passport रहेछ । करिब २ घण्टा पछि वहाँलाई छोड्यो । हामी सबै हषोलाहित भयौ । हामीलाई लिन स्पेशल बस आएको थियो सो बसमा चढेर रातको ११ः३० मा All Khors Hotel मा लामो जुन होटल अत्यन्तै विशाल थियो । हजारांै ढोका कागजको चाँपी पानीको धारामा हात लागेपछि आफै पानी आउँने नयाँ नयाँ Teachers हरु मेरो Room Partner Koshi travel को Boss हुनुहुन्थ्यो । मलाई धेरै कुरा सिकाउनु भयो । रमाइलो के भयो भर्न मैले Basin मा मुख धोए पानी टम्म भरियो जति उपाय गरे पनि पानी गएन मलाई अत्यन्तै डर लाग्यो , मन अतालियो । त्यही बेला Room Patner आउनु भयो र सिकाउनु भयो । यहाँ एउटा तार छ यसलाई माथि तानेपछि पानी जान्छ । नभन्दै पानी गयो । समस्या समाधान भयो । Toilet घण्टा–घण्टामा सफा गरिदोरहेछ ।

०७५/९/२० मा हामी Old Trade center को भवन जहाँ ISAAME FORUN को ४६ औं convention कार्यक्रम चलिरहेको थियो हामी त्यहाँ पुग्यौ । विशाल भवन ४४ वटा सभाहल कल्पनादेखि बाहिर ६५ देशमा सहभागी, पाकिस्तान, अफ्रिका, मालु, वंगलादेशका साथीहरुसँग भेट भयो । कार्यक्रमको स्टेजमा Past international director ला.संजय खेतान देख्न पाउँदा असाध्यै खुसी लाग्यो । सो कार्यक्रमDiabeles र पोषण कार्यक्रम लाई भव्य मान्यता दिएको पाए । दोस्रो दिन हामी नेपालीहरुलाई सानो हलमा राखियो त्यहाँ विशेष गरेर विनोद चौधरीको सक्रिय भूमिका थियो । भन्नुभयो, २०१९ मा इटालीको मिलानमा हुनेछ । लायन्स इन्टरनेशनल कन्मेनसनमा क्यानेडाका डा. पैटी हिललाई अध्यक्षमा समर्थन गर्न अनुरोध गर्दछांै । डा.पैटी हिललाई इन्डियाको पनि बलियो समर्थन थियो र त्यही भयो । कार्यक्रम भव्य र सभ्य थियो स्थानीय डान्स पनि हेरियो । TSAAME FORUM को कार्यक्रममा जाँदा केही समय निकालेर विविध बजार हेर्न गइयो । बजार हेने क्रममा Gold market जहाँ सुनै सुनको ठूला–ठूला दुकानहरु छन् । हेर्न गइयो र Marketins पनि भयो ।  Dubai त्यो Market International Level को रहेछ । तत् पश्चात Burz Khalita हेर्न गइयो हाम्रो सबै Team  । १६५ तलाको भवन मध्य हामीलाई १२४ तलाको अनुमति रहेछ । १२४ तलाबाट तल हेर्दा शुरुवातमा रिंगटा लाग्यौ ति गगन चुम्वीघरहरु, फराकिलो बाटाहरु अत्यन्तै साना देखिने र आफु आकाशमा भएको मान हुने । Burz khalita मा एउटा अनौठो water Dance देखियो । बाजाको तालमा अनौठो किसिमले मानिस जस्तै नाच्दा के लाग्यो भने दुवैमा मिना बजार रहेछ । जहाँ मिठाईहरु सस्तोमा पाइदो रहेछ । दृश्य अवलोकन गर्ने क्रममा साझको बेला दुवैबाट डेढ घण्टाको बाटो Desert Safari (डेजटं सफारी) गर्यौ । करिव २० मिनेट बिना बालुवाको डाँडा र खाल्टामा मारिन्छकी जस्तो गरेर हामी लाई स्पेशल गाडीमा लाग्यो । बालुवाको खाल्टामा Bellg dance हेरियो जो नृत्यInternational Level को थियो ।
अन्यमा हामो टिम फेरारी वर्ड (Ferrari world) मा गयांै । हजारांै गाडी अट्ने पार्किङ्ग विशाल भवन विश्वस्तरीय डरलाग्दो खेल Electric सामानहरु सस्तोमा पाइदो रहेछ । Ferrari worldको भवन कसरी तयार ग¥यो होला । यो सोंचाई भन्दा माथि जस्तो लाग्छ । दुवैको विशेषताः दुवैमा राजाको शासन रहेछ । गगन चुम्वीघरहरु , फराकिलो बाटो विजुलीको, टेलिफोनको तार र पोल देखिएन, पुलिस र आर्मी देखिएन, कडा नियम कानून, सुरक्षा, इमान्दारिता देखियो । फर्कने क्रममा रोजगारमा गएका पाल्पालीहरुले खादा ओढाई विदाई गर्नुभयो । Dubai बाट काठमाडौं फर्कने क्रममा Dubai Airport मा मलाई रोक्यो । कारण मेरो Passport साथीले लिएर Plain मा चढेछ । मलाई डरलाग्यो, मुख सुक्यो । मेरो साथमा झमन बहादुर राज मगर हुनुहुन्थो । वहाँले फोन गर्नुभयो पेलेनमा हंगामा भएछ । १३५ जना नेपाली थिए । हाम्रो साथी हटाउन पाइदैन भनेछन् । पेलेन स्टार्ट गरिसकेको थियो । झमन जीले १८ जनाको लिस्ट देखाउनु भयो । तव मात्र मलाई एबिष्ल मा जाने अनुमति पाए । साथीको सहयोगले म फर्कन पाए । एकरात काठमाडौंको बसाई पछि म र ४ जना साथीहरु पाल्पा फर्कियौ । अन्य साथीहरु काठमाडौं बस्नुभयो । यो लेख लेख्दा सम्म सबै साथीहरु आइसक्नु भएको छ । दुवै भ्रमणलाई सम्झदा साथीहरुमा अत्यन्तै सौदर्यपूर्ण सर–सहयोग, अविस्मरणिय क्षण र पूर्ण सफल भएको महशुस गरेको छु । भ्रमणको क्रममा ला. श्री झमन बहादुर राज मगर ला. श्री शसी श्रेष्ठ र ला. लीला अर्यालको विशेष भूमिका रहेकोमा र सम्पूर्ण टोली साथीहरुमा स–सम्मान गर्न चाहान्छु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *