त्रिमुर्ति निकेतन द्धारा एकल हाइकु वाचन कार्यक्रम तानसेनमा

पाल्पा, जेठ २६/ एकल हाइकुवाचन कार्यक्रम पाल्पाको तानसेनमा भएको छ । त्रिमूर्ति निकेतन लुम्विनी अञ्चल समिति र त्रिनि पाल्पा जिल्ला समितिको अयोजनामा शनिबार भएको हो । हाइकुवाचन कार्यक्रममा हाइकुकार तथा स्रष्टा खगेन्द्र बस्यालले एक सय भन्दा बढी हाइकुवाचन गरेका थिए । पाल्पाको बगनासकालि गाउँपालिका ७ दैलातुङ्गमा जन्मीएका बस्यालले गजल , हाइकु, कविताहरु प्रकाशित गरिसकेको र वाहल्की हाइकु संग्रह पनि प्रकाशनको तयारीमा रहेको बस्याले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि तथा सिद्धार्थ साहित्य परिषद् रुपन्देहीका पूर्व अध्यक्ष बालकृष्ण भट्टराईले हाइकु पनि साहित्यकको एक विधा रहेको बताए । उनले हाइकु नयाँ विधा रहेकाले यसको संरक्षणमा जुट्न सबैलाई आग्रह गरे । कार्यक्रममा बरिष्ठ साहित्यकार रमेश समर्थनले हाइकुका विषयमा प्रकाश पारेका थिए । उनले मुक्तक ,कविताको एउटा शाखा नै हाइकु कविता रहेको बताए । साहित्यकार समर्थनले हाइकु जापनीज भाषबाट उत्पति भएको र नेपालमा वि.स. २०१९मा भित्रिएको जानकारी दिए । कार्यक्रममा टिप्पणीकार तरंग साहित्य संगमका उपाध्यक्ष रामप्रसाद अर्यालले हाइकुकार बस्यालका हाइकुहरुले सामाजिक, राष्ट्रियता र मानविय भाव व्यक्त गरेको बताए । कार्यक्रममा पोखरा साहित्य संगमका अध्यक्ष हरि भट्टराई, धवल पुस्तकालयका अध्यक्ष युवराज पौडेल, पत्रकार जगदीश भट्टराई, अनेसास लुम्बिनी अञ्चलका सचिव छवि ज्ञवाली, गुल्मी विद्यार्थी साहित्य संगठन रेसुङ्गाका अध्यक्ष प्रितम बस्नेत लगायतले आ आफ्ना धारण राखेका थिए । हाइकु वाचनमा भगवान भण्डारी, सरिता रेग्मी, कृष्णकला भण्डारी, सरोज काफ्ले लगायतले सहयोग गरेका थिए । कार्यक्रम त्रिमूर्ति निकेतन लुम्बिनी अञ्चल संयोजक मन गहिरेको अध्यक्षता, त्रिमूर्ति निकेतन पाल्पाकी सचिव भावना खनालको स्वागत र कार्यक्रमको सञ्चालन त्रिमूर्ति निकेतन पाल्पाकी अध्यक्ष लक्षीमा ज्ञवालीको सञ्चालनमा भएको थियो ।

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *